arrow

के साँच्चै खस्ला त पृथ्वीमा आकाशीय पिण्ड ?

खतरामा अफ्रिकादेखि अमेरिकासम्म

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2019-pdc.jpeg

काठमाडौं । करीब साढे छ करोड वर्ष पहिले एस्ट्रोइड (आकाशीय पिण्ड) पृथ्वीमा झर्दा यहाँ रहेका विशाल डाइनोसरको अन्त्य भएको थियो । यो निकै दुर्लभ घटना थियो । एस्ट्रोइड विज्ञानिकहरुको लागि सधैं नै मनमा कौतुहलता जगाउने विषय रहँदै आएको छ ।

यसैबीच एक सम्मेलनको क्रममा नासाका वैज्ञानिकले पृथ्वीमा विशाल एस्ट्रोइड खस्ने सम्भावना रहेको बताएका छन् । यससँगै समग्र विश्वभर एक किसिमको शून्यता छाएको छ । सबै मानिसमा यसबारेको चासो पनि बढेको छ ।

वैज्ञानिकका अनुसार आकाशीय पिण्ड अर्थात एस्टोइड तीव्र गतिमा पृथ्वीतर्फ बढिरहेको छ । यसको नाम २०१९–पीडीसी हो । यो पिण्ड आगामी ८ वर्षमा पृथ्वीसँग ठोक्किन सक्छ ।

नासाका सेन्टर फर नियर अर्थ अब्जेक्ट स्टडिजका म्यानेजर पल चड्सले भने यो पिण्ड पृथ्वीमा ठोक्किने सम्भावना १० प्रतिशत रहेको बताएका छन् । यदि यो पिण्ड पृथ्वीमा ठोक्किएको खण्डमा कुनै शहर पूर्णरुपमा विनाश हुनसक्ने बताइएको छ ।

वैज्ञानिकले यो सम्मेलनमा पृथ्वीको कुन क्षेत्रमा यो पिण्ड ठोकिन्छ भन्ने विषयमा भने कुनै जानकारी नभएको बताएका छन् । तर, अफ्रिकादेखि अमेरिकासम्मको कुनै पनि क्षेत्रमा यो खस्नसक्ने बताइएको छ । वैज्ञानिकका अनुसार अबको आठ वर्षमा कुनै पनि समयमा यो पिण्ड खस्नसक्छ । चड्सका अनुसार न्युयोर्क, डेनवर, पश्चिम र मध्य अफ्रिकाको एक ठूलो हिस्सा प्रभावित हुनसक्छ ।

सम्मेलनमा यसबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो । चड्सका अनुसार २० हजारभन्दा बढी विश्लेषणको जानकारीअनुसार आगामी शताब्दीमा मानिस हराउने सम्भावना १० हजारमा १ भाग छ ।

तर, चड्सले यसको चिन्ता शून्यको बराबर रहेको बताए । उनले २०१९ पीडीसीजस्ता कुनै पनि पिण्ड पृथ्वीमा नठोक्किने बताए । यो केवल एक अभ्यास मात्र रहेको बताए ।

यो अभ्यास मात्र बताइएको भए पनि अन्तरिक्षमा हजारौंको संख्यामा एस्ट्रोइड छन् । यसलाई कसैले पनि नकार्न सक्दैन । यसमा केही साना छन् भने केही यति ठूला छन् कि यदि उक्त पिण्ड पृथ्वीमा ठोक्किएको खण्डमा वास्तवमा पृथ्वीमा ठूलो विनाश ल्याउन सक्छ । सन् २०१३ मा पनि यसको पुष्टि भइसकेको छ ।

यसअघि सन् २०१८ मा एक क्षुद्रग्रहक पनि पृथ्वीको वायुमण्डलसम्म आइपुगेको थियो तर पृथ्वीमा ठोक्किनुभन्दा पहिला यो ग्रह ध्वस्त भएको थियो । तर, यसको आकार निकै सानो थियो तर यसले पृथ्वीमा विनाश मच्चाउने आशंका शून्यको बराबर थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ