arrow

बिरालोले बनायो यी व्यक्तिलाई करोडपति

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
cat.jpg

काठमाडौं । जनावरलाई प्रेम गर्नु राम्रो कुरा हो । तर, सबै काम छाडेर जनावरको सेवामा नै रहनु भने निकै कठिन काम हो । यस्तै एक उदाहरण अमेरिकी व्यक्तिले पेश गरेका छन् ।

डेभिड ताये नाम गरेका अमेरिकी नागरिकले बिरालोप्रतिको प्रेम संगीतको माध्यमबाट देखाउन शुरु गरेका छन् । उनले बिरालोका लागि संगीत बनाउनु नै आफ्नो जीवनको लक्ष्य बनाएका छन् । उनले आफ्नो सपना पूरा गर्नको लागि आफ्नो क्याट एल्बम म्युजिक फर क्याट्स बनाएका थिए ।

यो एल्बम सार्वजनिक भएको केवल ५८ घण्टामा डेभिडले करीब साढे २ करोड रुपैयाँबराबरको आम्दानी गरिसकेका छन् । यो कामलाई अहिलेसम्म ९ हजार भन्दा बढी मानिसहरुले सहयोग गरेका छन् । सबैको सहयोगमा उनले पहिलो एल्बम तयार पारेका हुन् ।

यो एल्बममा बिरालोको आवाजको पनि प्रयोग गरिएको छ । यो एल्बम बिरालो र बिरालोलाई माया गर्ने दुवैले निकै रुचाएका छन् । डेभिडले जनावरका लागि आगामी दिनमा पनि संगीत बनाउन चाहेको बताएका छन् । उनलाई सहयोग गरिरहेका मानिसहरुले डेभिडको यो योजना निकै अनौठो रहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ