arrow

किन पाउँदैनन् मानिसले सन्तुष्टि ?

संसारका दुई बाटो : प्रवृत्ति मार्ग र निवृत्ति मार्ग

logo
अध्यात्म,
प्रकाशित २०७६ वैशाख २५ बुधबार
Buddha.advice2_.jpg

काठमाडौं । यस संसारमा दुई बाटो रहेका छन् । एक प्रवृत्ति मार्ग र अर्को निवृत्ति मार्ग । प्रवृत्ति मार्ग खानु पिउनु र एश आराम मोजमस्ती गर्नु । तर केवल खानु पिउनाले मात्रै मानिसले आनन्दको प्राप्त गर्न सक्दैन ।

संसारका धनी देशहरुमा मानिसहरुले प्रचुर मात्रामा खाना पाएका छन् । पिउनको लागि हेरक कुरा पाएका छन्  तर पनि त्यहाँका मानिसलाई शान्ति प्राप्त छैन ।

शान्ति, आनन्दलाई प्रप्त गर्नको लागि हामी निवृत्ति मार्गलाई अपनाउनु पर्ने हुन्छ । मनलाई बिषय वास्नाबाट हटाउनुपर्नेछ । आफै भित्र प्रवेश गर्नु पर्नेछ । सद्गुरुको शरणमा गएर 'आत्मज्ञान' प्रप्त गर्नुपर्नेछ । तब मात्र हाम्रो जीवनमा स्थायो सुख शान्ति आउनेछ ।

बंदउं गुरु पद कंज कृपा सिंधु नररूप हरि।
महामोह तम पुंज जासु बचन रबि कर निकर॥

म आफ्नो गुरु महराजको चरण कमलको बन्दना गर्छु जसको वचनले सूर्यको प्रकाशको जस्तो काम गर्छ ।  सूर्यको प्रकाशले नै हामीलाई वस्तुको अस्तित्वको ज्ञान दिएको छ । जुन बस्तु त्यहाँ हुदा हुदै पनि अन्ध्यारोमा देखिदैन । प्रकाशले त्यसको ज्ञान गराउछ । रात्रीको गहन अध्यारोमा ठुला ठुला रुखहरु देखिदैन । पर्वतहरुको श्रृखंला देखिदैन । केहि पनि देखिदैन । तर जब सुर्यको किरण आउन सुरु गर्छ   सुर्यको प्रकाशले वृक्ष, पर्वतमा पर्छ तब देख्न थालिन्छ । प्रकाशसँगै तपाईले सबै कुरा देख्न सक्नुहुन्छ ।

यसै प्रकार अज्ञानको कारण जुन 'आत्मज्ञान' लाई हामी जसको अस्तित्व छ भनेर मान्दैनो र जान्दैनौ । त्यो गुरको ज्ञानबाट गुरुको बचनबाट जान्न थाल्छौ । ज्ञानको प्रकाशबाट त्यो देखिन थाल्छ । त्यसको अनुभव हुन थाल्छ ।

त्यसैले जती हाम्रा महापुरुषहरु भए उनिहरुले आफ्नो समयमा आत्माज्ञान प्राप्त गरेर प्रचार गरे । साथै यसै ज्ञानको माध्यमबाट समाजलाई एक गरे । यस्तो सुर्यको प्रकाश समान ज्ञानको प्रकाश बाढ्ने महापुरुषहरु गुरुहरुको नै शास्त्रमा वन्दना गरिएको छ । र भनिएको छ उनको शरणमा जानाले नै जीवनमा आत्मज्ञानको प्राप्ति हुन सक्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ