arrow

किशोरावस्थामा मदिरा सेवन गर्नेको संख्या घट्यो

logo
प्रकाशित २०७६ वैशाख २६ बिहिबार
alchol.jpg

बर्लिन । किशोरावस्थामा मदिरा सेवन गर्नेको संख्या घटेको छ ।

 किशोरावस्थामा नियमितरूपमा मदिरा सेवन गर्ने जर्मनी नागरिकको सङ्ख्या घटेको पाइएको हो ।  पछिल्लो समयमा सार्वजनिक भएको एक तथ्याङ्कअनुसार नियमित रूपमा मदिरा सेवन गर्ने जर्मनीका १२ देखि १७ वर्षसम्मको उमेर समूहका किशोरकिशोरीको सङ्ख्यामा कमी देखिएको हो ।

देशको सङ्घीय स्वास्थ्य शिक्षा केन्द्रले बुधबार सार्वजनिक गरेको सर्वेक्षण विवरण सन्तोषजनक र उल्लेखनीय रहेको अधिकारीहरूले बताएका छन् । सर्वेक्षणले देशका उल्लेखित उमेर समूहका ८.७ प्रतिशतले मात्र अहिले नियमित मदिरा सेवन गर्ने गरेको देखाएको छ ।   

सर्वेक्षणकर्ताहरूले हरेक हप्तामा कम्तीमा एक पटक मदिरा सेवन गर्नेलाई नियमित मदिरा सेवनकर्ताका रूपमा गणना गरिएको जनाएका छन् ।

नियमित मदिरा सेवन गर्ने सो उमेर समूहको यो तथ्याङ्क ‘ऐतिहासिक रूपमा थोरै’ रहेको अधिकारीहरूले बताएका छन् । यसअघि सन् २००४ मा यही उमेर समूहमा नियमित मदिरा सेवन गर्नेहरूको सङ्ख्या २१.२ प्रतिशत रहेको जनाइएको छ ।

“जर्मनीमा यस अगाडि यस्तो सन्तोषजनक अवस्था कहिल्यै आएको थाहा थिएन्,” सर्वेक्षणमा सहभागी एक सर्वेक्षणकर्ताले भने । उनले सङ्घीय, प्रदेश र स्थानीय सरकारको संयुक्त र जोडदार प्रयासले मदिरा प्रयोगकर्ताहरूको सङ्ख्या घटाउन सफल भएको पनि बताए ।

युरोपेली मुलुकहरूमा मानिसको स्वास्थ्य बिगार्ने वा रोगी बनाउने र मृत्युको मुख्य कारणमध्ये मदिरा नै तेस्रो मुख्य कारण भएको पाइएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार युरोपेली मुलुकमा मदिराको प्रयोगको मात्रा बाँकी विश्वको औसतको दोब्बर रहेको छ । सिन्ह्वा

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ