arrow

अर्थमन्त्रीद्वारा संसदमा प्रि–बजेटमाथिको छलफल प्रस्ताव, आईतबारदेखि छलफल हुने

logo
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
yuvraj-khatiwada-parliament.jpg

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधि सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलको प्रस्ताव गरेका छन् । शुक्रबार बसेको बैठकमा अर्थमन्त्री खतिवडाले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रमको परिधिमा रही बजेट ल्याउन लागेको बताएका छन् । 

अर्थमन्त्री खतिवडाले तयार पारको सो प्रस्तावमाथि यही बैशाख २९ र ३० गतेदेखि अर्थात् आईतबार र सोमबार छलफल हुने जानकारी सभामुख कृष्णबहादुर महराले जनाएका छन् । गत मंगलबार मात्रै सरकारले ल्याएको नीति तथा कार्यक्रम माथिको छलफल सकिएको थियो । 

प्रतिनिधि सभा नियमावली २०७५ बमोजिम राजश्व र व्ययका वार्षिक अनुमान सभामा प्रस्तुत हुनु भन्दा १५ दिन अगावै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा (कर प्रस्ताव बाहेक) संसदमा छलफल भईसक्नु पर्ने उल्लेख छ । नेपालको संविधानमा उल्लेख भए अनुसार सरकारले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत गर्नै पर्ने भएकोले त्यसको १५ दिन अघि हुनेगरी सोमबार यसमाथिको छलफल सम्पन्न गर्न लागिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ