arrow

हनुमानले किन टार्न सकेनन् श्रीरामको मृत्यु ?

'पृथ्वीको अहिलेसम्म हजार भन्दा बढि पटक उत्पत्ति र प्रलय भएको हुनुपर्छ'

logo
गुरुज्ञान ४,
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
Lord-Rama-Giving-Blessing-To-Lord-Hanuman.jpg

काठमाडौं ।  भगवान श्रीरामको जब समय पुरा भयो। उनको गमनको समय आयो । आकाशवाणी भयो, 'प्रभु तपाईले आफ्नो अवतारमा आफ्नो सबै लिला गर्नुभयो । जुन तपाईको अभिप्राय थियो  संसारलाई बचाउने, सन्तको रक्षा गर्ने त्यो अभिप्राय पुरा भएको छ । अब तपाईको जाने समय आयो ।'

तब भगवानले भन्नुभयो, 'मैले बुझे '। प्रभु श्रीरामले भन्नुभयो,'जुन कार्यको हेतु म यहाँ आएको थिए त्यो पुरा भयो । अब मेरो जाने समय भयो । तपाई यमराजलाई भन्न सक्नुहुन्छ यमराज आउन् ।'

यमराजले भने, 'प्रभु म कसरी आउन सक्छु तपाईको अयोध्यामा । अयोध्याको ढोकामा त हनुमान बसेका छन् । जहाँ हनुमान छन् त्यहाँ यम प्रवेश गर्न सक्दैन । यमराज आउन सक्दैन । तपाईको अयोध्या यस्तो छ अ माने हुदैन योध्या माने लडाइ नै नहोस ।' श्रीराम राजयमा कुनै झै झगडा हुदैन थियो ।  त्यहाँ प्रकृतिको सन्तुलन थियो ।    

भगवान् श्रीरामले भन्नुभयो, 'ठिक छ यदि हनुमान अयोध्याको ढोकामा पहरा दिइरहेका छन् र रक्षा गरिरहेका छन् भने म हनुमानलाई कहि पठाउछु। तब तिमी आउनु ।'

तब भगवानले औठी निकाले र हेर्नुभयो महलको एक ठाँउमा चिरा परेको थियो । त्यो चिरा भित्र ‌औठी फालिदिनुभयो । तब श्रीराम भन्नुहुन्छ, 'हनुमान जी मेरो औठी हरायो मेरो औठी खोजेर ल्याउनुहोस ।'

हनुमान जीले भन्नुभयो, 'प्रभु तपाईको आज्ञा । म औठी खोजेर ल्याउछु ।'

हनुमानले आफ्नो रुपलाई सुक्ष्म बनाउनुभयो ।  हनुमानमा यस्तो क्षमता थियो यस्तो सिद्धि थियो । आफ्नो प्रभुको सेवा गर्दा गर्दा उहाँ भित्र यस्तो सिद्धि भयो कि उहाँ अणु पनि बन्न सक्नु हुन्यो भने माइक्रो कजम म्याक्रो कजम पनि ।  

जस्तै एटमको भित्र इलेक्ट्रोन, न्युट्रोन र प्रोटोन एक माइक्रो कजम हुन्छ । त्यस्तै ब्रम्हाण्डमा सुर्य छ त्यसको चारैतर्फ ग्रहहरु घुमिरहेका छन् । त्यहाँ सन्तुलन बनेको छ ।

हनुमान सुक्ष्म सिद्धिले सुक्ष्म शरीरको रुपमा चिरा भित्र पस्नुभयो । लामो यात्रापछि उहाँ नाग लोक पुग्नुभयो। त्यो चिरा जुन थियो त्यो नाग लोकको मार्ग थियो ।  नाग लोकमा बासुकीले देख्नुभयो हनुमान आएको ।  बासुकीले हनुमानको स्वागत गर्नुभयो ।

बासुकीले भन्नुभयो ,  'तपाई प्रभु श्रीराम भक्त हुनुहुन्छ तपाई आउनुको प्रयोजन भन्नुहोस ।  कृपया भन्नुहोस तपाई किन आउनु भयो । के कारण तपाई आउनुभयो । म तपाईको दर्शन पाएर कृतार्थ भए ।'

हनुमान जीले भन्नुभयो, 'बासुकी जी भगवान श्रीरामको औठी हरायो । म भगवानको औठी खोज्न आएको हुँ ।'
तब बासुकी जी भन्नुहुन्छ, 'म तपाईलाई औठी भएको ठाँउसम्म लिएर जान्छु ।'
 हनुमानलाई लिएर बासुकी नाग लोकको बिचमा पुग्नुभयो । तब हनुमानले औठीको थुप्रो देखे । हजारौ औठी त्यहाँ थिए । औठीको चाङ थियो ।

तब बासुकी जी प्राथना गर्नुहुन्छ, 'हनुमान जी कृपा गर्नुहोस यी सबै प्रभुको औठी हुन् ।'
हनुमानले पहिलो औठी उठाउनुभयो । हर्नुभयो ।
भगवान श्रीरामको औठी थियो त्यो र भन्नुभयो, 'मैले औठी पाए । तर यति औठीको चाङमा यो पहिलो औठी नै प्रभु श्रीरामको कसरी निस्कियो ।'

 दोस्रो औठी उठाउनुभयो त्यो पनि प्रभु श्रीरामकै औठी थियो । तेस्रो उठाउदा हनुमानले बुझ्नुभयो यी सबै औठी प्रभुकै हुन् । सबै प्रभु श्रीरामको औठी हुन्।  हनुमानले थहाँ पाउनु भयो प्रभुले यो भेद बुझ्नको लागि  मलाई नाग लोक पठाउनुभएको हो ।

संसारको जन्म हुन्छ संसारको मरण हुन्छ । यसलाई उत्पत्ति र प्रलय भनिन्छ ।  संसारको जन्म हुन्छ प्रलय हुन्छ एक साइकल (चक्र) हुन्छ । साइकललाई एक कल्प भनिन्छ ।  एक कल्पमा चार युग हुन्छन् । चार युगको त्रेता युगमा प्रभु श्रीराम आउनुभएको थियो । त्यहाँ हजारौ औठी थिए  यसको मतलब हजारौ त्रेता युग भएको हुनुपर्छ ।  यसको अर्थ  पृथ्वीको अहिलेसम्म हजार भन्दा बढि पटक उत्पत्ति र प्रलय भएको हुनुपर्छ । यो क्रमको अन्त्य हुदैन समाप्ति हुदैन ।

हरेक युगमा महापुरुषहरु सधै आउछन् । आज पनि हामि प्रभु जानुभयो भन्दैनौ हामी श्रीरामनवमी मनाउछौ र भन्छौ प्रभु आउनुभयो । संसार बचाउन महापुरुषहरु आउछन् यो हामी मान्छौ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ