arrow

सन् २०१९ मा यसकारण नकिन्नुहोस् ५जी फोन 

logo
एजेन्सी
प्रकाशित २०७६ वैशाख २८ शनिबार
Smartphone.png

काठमाडौं । पछिल्लो समय ५जी स्मार्टफोनको विषयमा चर्चा तथा चासो बढेको  छ । यो स्मार्टफोनको विषयमा व्यापकरुपमा चासो पनि बढ्दो क्रममा देखिएको छ । ५जी स्मार्टफोन कति महत्वपूर्ण छ भन्ने विषयमा पनि उत्तिकै चर्चा देखिएको छ । 

यस वर्ष धेरै स्मार्टफोन निर्माताले पनि ५जी फोन सार्वजनिक गर्ने तयारी गरेका छन् । यस्तोमा यस वर्ष ५जी फोन किन्ने कि नकिन्ने भन्नेमा मानिसममा द्विविधा देखिएको छ । यहाँ ५जी फोन नकिन्नका लागि ३ कारण उल्लेख गरिएको छ – 

१. यसरी बदलिनेछ फोन 

५जी पूर्णरुपमा विस्तार भएको खण्डमा निकै तीव्र गतिमा ट्रान्सफर सम्भव हुनेछ । यसले तीव्र गतिमा रियल टाइम एपले राम्रो परफर्म गर्न सक्छ । भीआर, एआरका एपहरुको विस्तार हुनेछ । तर, यसका लागि कम्पनीहरुले आफ्नो फोनमा धेरै किसिमको परिवर्तन ल्याउनु जरुरी हुन्छ । यस किसिमका स्मार्टफोन कम तौल, धेरै मोटो र कमजोर ब्याट्रि हुनेछ । 

५जी फोनका लागि फरक किसिमको मोडेम आवश्यक हुन्छ । ५जी कनेक्शनका लागि धेरै एन्टेना चाहिन्छ । त्यसैले स्मार्टफोन मोटो हुनसक्ने देखिएको छ । 

सामसुङको कुरा गर्नुपर्दा एस १० ५जी स्मार्टफोन अर्को एस१० मोडल्सभन्दा मोटो छ । यसमा ५जीको हार्डवेयरको प्रयोग गरिएको छ । साथै यसमा ठूलो ब्याट्रि छ । सन् २०२० सम्म यस किसिमका स्मार्टफोन केही भारी र मोटा नै हुनेछन् । 

२. नेटवर्क बन्न बाँकी

५जीको उच्च फ्रिक्वेन्सी सिग्नल हुन्छन् । तर, अहिलेसम्म जहाँ यसको परीक्षण गरिएको छ, त्यहाँ सिग्नल रोकिने समस्या आइरहेको छ । यसले मिलिमिटर वेभमा आधारित रहेका काम गर्छन् । यो फ्रिक्वेन्सी ४जी एलटीईको तुलनामा १० देखि १०० गुणा उच्च हो । यसले सन् २०१९ भित्र नयाँ ५जी फोनका लागि नेटवर्क तयार नहुने देखिन्छ । यसका लागि कम्पनीले उल्लेख्य लगानी गर्नुपर्ने देखिन्छ । 

३. सही समयको प्रतीक्षा

सन् २०१९ मा यो  प्रविधिको कुनै डिभाइस आउनसक्ने सम्भावना कम छ । यसको लागि केही समय प्रतीक्षा गर्नुपर्ने देखिएको छ । तर पनि यो फोन महँगो, ठूलो र काम गर्न नसक्ने किसिमको हुनेछ । अहिले यसको नेटवर्क बनाउने कम्पनी फोन बनाउने कम्पनीभन्दा निकै पछाडि छ । ४जी जस्तो मोडल निर्माणको लागि त केही वर्ष प्रतीक्षा गर्नुपर्छ भने ५जी झन् केही विशेष किसिमको रहनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ