arrow

पप स्टार माइकल ज्याक्सनकी १८ वर्षीया छोरी गर्भवती !

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
paris-jackson.jpg.jpeg
एजेन्सी । पप गायक स्वर्गीय माइकल ज्याक्सनकी छोरी पेरिस ज्याक्सनको बारेमा एउटा ठूलो खुलासा भएको छ । पेरिस मात्र १८ वर्षकी छिन् र उनको पेटको आकार हेरेर मानिसहरुले थुप्रै प्रकारका अड्कलबाजी लगाउन सुरु गरेका छन् । उनको ठूलो पेट देखेर उनी गर्भवती भएको आशंका मानिसहरुले गर्न थालेका छन् ।
 
 वेभसाइट ‘डेल्लीस्टार डट को डट युके’ का अनुसार १८ वर्षीया पेरिस र उनका प्रेमीलाई केहि समय पहिले एउटा रात्रीभोज कार्यक्रममा सँगै देखिएको थियो । यहि कार्यक्रममा उनको उठेको पेटलाई देखेर मानिसहरुले उनी गर्भवती भएको अनुमान लगाएका हुन् । डेल्लीस्टार डटका अनुसार उक्त कार्यक्रममा उनलाई रातीको खाना खाने समयमा देखियो । उनले टोस्ट खाइन् र रक्सीको सट्टा पानी पिइन् । रक्सी नपिई टोस्टसँग पानी पिउनु निकै असामान्य भएको भन्दै कोहि मानिसहरुले उनी गर्भवती भएको ठोकुवा नै गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ