arrow

पृथ्वीको मुल्य कति ? अध्ययनले निकाल्यो स्रोतको बजार मूल्य

logo
प्रकाशित २०७६ वैशाख २८ शनिबार
earth-price.jpg

काठमाडौं। धेरैलाई यो प्रश्न नै नाजायज लाग्न सक्छ। पृथ्वीको मूल्य कति हुन्छ ? तर, यो पनि एउटा सोचनीय विषय हो, किनकी हाम्रो पृथ्वीमा रहेका हरेक प्राकृतिक स्रोतको अवस्था कति छ त ? यसले पनि पृथ्वीको मूल्य निर्धारण हुनसक्छ। यस दुनियाँमा लगभग हर चीजको आफ्नै एक महत्व हुने गर्दछ। जसको आधारमा उसको मूल्य तयार पार्ने गरिन्छ। अर्थशास्त्रीय दृष्टि अनुसार पनि कुनैपनि बस्तुको महत्वको आधारमा नै त्यसको मूल्य निर्धारण हुन्छ।

पृथ्वीको प्राकृतिक रत्नहरुको मूल्य
यस दुनियाँमा कति वस्तुहरु रहेका छन्। जसको यदि हामी एक एक गरेर मूल्य निर्धारण गर्न थालियो भने यसैमा कैंयौं वर्ष लाग्न सक्छ। तर, यो कुरा हामीले मान्नै पर्छ कि दुनियाँको हर एक चीज उद्योगद्वारा गरिएको व्यापार र अर्थव्यवस्था लगभग पृथ्वीमा मौजूद कैयौं प्राकृतिक स्रोतहरुबाट नै प्रभावित रहेका छन्। किनकी यसको बिना हामी सायदै कुनैपनि वस्तुको निर्माण गर्न सक्दैनौं।

समस्याको विषय यो छ कि कसैले हामीसँग यस पृथ्वीको अनुमानित मूल्यको बारेमा प्रश्न गर्छ भने तथा यसलाई खरिद गर्न चाहन्छ भने त्यसको उत्तर के हुनसक्छ ? त्यसभन्दा पहिले हामी पृथ्वीमा रहेको प्राकृतिक स्रोतलाई पहिचान गर्नुपर्दछ। बिबिसी अर्थद्वारा गरिएको एक अध्ययनमा पृथ्वीको प्राकृतिक स्रोत या प्राकृतिक संसाधनहरुको एक अनुमानित वित्तीय मूल्य पत्ता लगाइएको छ। 

यस अध्ययनका अनुसार पृथ्वीमा रहेको ताजा पानी जुन पिउने प्रयोजनको लागि उपभोग हुन्छ। सो पानीको मुल्य लगभग ७३.४८ ट्रिलियन (७ सय ३५ खर्ब) डलर रहेको अनुमान गरिएको छ। जसले हाम्रो दुनियाँको अर्थव्यवस्थामा एक अहम् योगदान दिन्छ। त्यसो त, पृथ्वी मात्रै एउटा यस्तो ग्रह हो। जहाँ उसको सतहमा यति धेरै मात्रामा पानी छ। 

७ सय खर्बमा १४ वटा शून्य हुन्छ। यो कुरा दिमागमा यसकारण राख्नु पर्दछ किनकी यदि यसबारे बुझिएन भने अब पृथ्वीको मूल्य देखेर हाम्रो हिसाब समेत बिग्रन सक्छ। अध्ययनका अनुसार पृथ्वीमा रहेका रुखहरुको मूल्य लगभग १६.२ ट्रिलियन (एक सय ६२ खर्ब) डलर अनुमान गरिएको छ। पानी भित्रका विभिन्न बस्तुहरुको मूल्य १० ट्रिलियन डलर (१०० खर्ब) रहेको अनुमान गरिएको छ। पृथ्वीमा रहेको जनावरहरुको मूल्य वर्तमान आर्थिक मूल्यका अनुसार सात सय मिलियन डलरदेखि २५० बिलियन डलरसम्म रहेको अनुमान गरिएको छ। 

यसका साथ अन्य जरूरी प्राकृतिक स्रोत, जस्तो तेल र कोइलाको समेत पृथ्वीमा रहेको जीवन र अर्थतन्त्रमा अहम् योगदान रहेको छ। जसको मूल्य लगाउनु सबैभन्दा महत्वपूर्ण हुन्छ। अहिलेसम्मको रेकर्डका अनुसार, हालसम्म बचेको सञ्चित तेलको मूल्य लगभग १०९ ट्रिलियन डलर र सञ्चित कोइलाको मूल्य ७१ ट्रिलियन डलर रहेको बताइएको छ। 

अन्य बहुमुल्य रत्नहरुको मूल्य
यो त हामी सबैलाई थाहा छ कि हाम्रो पृथ्वी कैयौं बहुमुल्य रत्नहरु र खजानाको भण्डार रहेको छ। जसको मूल्य समेत एकदमै धेरै रहेको छ। उदाहरणको लागि जानकारहरुका अनुसार पृथ्वीमा सुन कूल २ लाख टन मात्र उत्खनन् गरिएको छ। जसको मूल्य पनि लगभग ८ ट्रिलियन डलरसम्म हुनसक्छ।

हिराको कुरा गर्ने हो भने यसको माग र आपूर्तिका अनुसार यसको औद्योगिक मूल्य लगभग ३ ट्रिलियन डलर हुन आउँछ। यसका साथै आल्मोनियम जस्ता पदार्थहरु लगभग १० ट्रिलियन डलरसम्म रहेको अनुमान गरिन्छ। कृतिम स्रोतहरुको कुरा गर्ने हो भने विभिन्न किसिमका बस्तुहरुको कूल अनुमानित मूल्यको योगफल लगभग ९० ट्रिलियन डलर भन्दा धेरै रहेको बताइन्छ। साथै, विश्वको स्टक मार्केटको कूल मूल्य लगभग ७३ ट्रिलियन डलर र रियल स्टेट मार्केटको मूल्य लगभग २१७ ट्रिलियनसम्म रहेको अनुमान गरिएको छ। 

पृथ्वीको सबैभन्दा महंगो चीज 
अहिले हामीले पृथ्वीमा देखिएको बस्तुहरुको मूल्य उल्लेख गरियो। अब पृथ्वीको भित्रको मूल्यबारे कुरा गरौं। पृथ्वीको बीचमा एउटा विशालकाय फलामको भण्डार छ। त्योसँगै पृथ्वीको भित्र रहेका अन्य बहुमूल्य सामग्रीहरुको बजार मूल्य लगभग ५ सेक्सटिलियन डलर (अर्थात् ५ को पछाडि २१ वटा शून्य) रहेको छ। यसरी हिसाब गर्दा पृथ्वीमा रहेका सबै महत्वपूर्ण बस्तुहरुको अनुमानित मूल्यका अनुसार १० सेक्सटिलियन डलर भन्दा धेरै रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ