- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा भएको आइपिएल महिला टी–२० च्यालेन्ज क्रिकेटको उपाधि सुपरनोभासले जितेको छ ।
शनिबार राति भएको फाइनलमा भेलोसिटीलाई ४ विकेटले पराजित गरेर सुपरनोभासले उपाधि जितेको हो ।
जयपुरमा भएको खेलमा भेलोसिटीले पहिले ब्याटिङ गर्यो । भेलोसिटीले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा एक सय २१ रन बनायो ।
सुश्मा वर्माले ३२ बलमा नटआउट ४० रन बनाइन् । अमेलिया केरले ३६ रन बनाइन् भने कप्तान मिथाली राजले जम्मा १२ रन जोडिन् ।
जवाफमा सुपरनोभासले ६ विकेटकै नोक्सानीमा जित पायो । हरमनप्रित कौरले ३७ बलमा ५१ रन बनाइन् ।
ट्रेलब्लाजर्ससमेत गरी टीन टोलीले सहभागीता जनाएको प्रतियोगितामा हरमनप्रित प्लेयर अफ द फाइनल म्याच भइन् भने जामिनाह रोड्रिग्वेज प्लेयर अफ द सिरिज भइन् ।