arrow

कांग्रेसको अन्तर्राष्ट्रिय जागरण अभियानमा कुवेतले हातेमालो गर्दै 

logo
प्रकाशित २०७६ वैशाख २९ आइतबार
Kuwait.jpg.jpeg

कुवेत । नेपाली कांग्रेसको वैदेशिक भातृ संघगठन नेपाली जनसम्पर्क समिति कुवेतले अन्तर्राष्ट्रिय जागरण अभियान संचालन गर्ने भएको छ । 

शुक्रबार कुवेतस्थित फर्वानिया पार्कमा समितिको मासिक बैठकमा सभापति कल्याण कुमार श्रेष्ठको सभापतित्वमा उक्त विषयमा छलफल गरी सो जागरण अभियान संचालन गर्ने निर्णय गरिएको छ।

पार्टी केन्द्रिय कार्यालयको निर्देशनानुसार सो जागरण अभियान संचालन गर्न लागिएको हो। स्वदेशसँगै विदेशका ३३ देशमा यो अभियानलाई यथासिघ्र संचालनमा ल्याउन लागिएको छ। 

हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत रहेर राष्ट्रिय राजनीतिका पछिल्ला सन्दर्भबारे पार्टीको धारणा सार्वजनिक गरिएको थियोे।

नेपाली कांग्रेसले संचालन गरिरेको अन्तर्राष्ट्रिय जागरण अभियानलाई सफल पार्नको लागि कुवेतमा रहेका नेपाली कांग्रेस (राष्ट्रियता, समाजवाद, लोकतन्त्र र प्रजातान्त्रिक पद्धति) मा आस्था राख्ने सम्पूर्ण नेपालीहरुलाई यस अभियानमा सहभागी भइदिनका लागि जनसम्पर्क समिति कुवेतले अनुरोधसमेत गरेको छ।

साथै सो अभियान सँगसँगै नेपाली कांग्रेसको नयाँ सदस्यता लिन चाहने नेपाली कांग्रेससँग आस्थावान नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई समितिले सदस्यता प्रदानसमेत गर्ने बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ