arrow

मलाइकासँगको विवाहबारे अर्जुनले दिए सफाइ

logo
प्रकाशित २०७६ वैशाख २९ आइतबार
arjun-malaika.jpg

काठमाडौं । मलाइका र अर्जुन कपूरको विवाह हुन लागेको समाचारको अर्जुन कपूरले खण्डन गरेका छन् । यसअघि पारिवारिक दवावका कारण दुवैले तत्काल विवाह नगर्ने निर्णय गरेको बताइएको थियो । यसकारण बिहेको तालिकामा केही परिवर्तन गरिएको समाचार आएको थियो । तर, अर्जुनले भने यो समाचारको खण्डन गरेका हुन् ।
 
अहिले अर्जुन कपूर ‘इन्डियाज मोस्ट वान्टेड’ फिल्मको शुटिङमा व्यस्त छन् । तर, मलाइका भने अहिले कुनै पनि फिल्ममा काम गरिरहेकी छैनन् । अर्जुन भने आफ्नो फिल्मको प्रमोशन गरिरहेका छन् ।

यसैबीच विवाहबारे सोधिएको प्रश्नमा उनले आफू विवाह गर्ने तयारीमा नरहेको बताएका छन् । उनले आफूले विवाह गर्ने बेलामा विवाह गर्न लागेको बताउने उल्लेख गरे । उनले आफूसँग लुकाउनुपर्ने कुनै कुरा नै नरहेको बताए । उनले सही समय आएपछि आफूले विवाहको कुरा सञ्चारमाध्यमलाई पनि दिने बताएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार , 'अप्रिलमा विवाहलाई यसकारण पोस्टपोन गरियो कि अर्जुन कपूरका बावु बोनी कपूर र बहिनी दुवैको विवाह होस भन्ने चहादैनन् । उनिहरुले आफ्नो तर्फबाट अर्जुनलाई समझाउने धेरै प्रयास गरिरहेका छन् ।'

एक सूत्रका अनुसार वर्तमान स्थितिमा दुवै फिल्म रिलीजपछि पनि विवाह गर्ने देखिदैन । किनभने यो बेमेल विवाह रोक्नको लागि अर्जुनको सम्पुर्ण परिवार दबाव दिइ रहेको छ ।

 बलिउडका यो जोडी १९ अप्रिलमा विवाह गर्ने समाचार फेलिएको थियो ।  तर विवाहको बिषयलाई अर्जुनका बुवा बोनी कपूरले अफवाह बताएका थिए ।

उनको आगामी फिल्म भारतीय ओसामालाई पक्राउ गर्ने विषयमा आधारित छ । यो फिल्ममा अर्जुन कपूरको साथमा थप ४ जना साथी नेपालसम्म आएको कहानी छ । यो फिल्मलाई राज कुमार गुप्ताले बनाएका हुन् । यो फिल्म २४ मे मा रिलिज हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ