arrow

जानकी नवमी मनाइँदै, प्रदेश २ मा सार्वजनिक बिदा

logo
प्रकाशित २०७६ वैशाख ३० सोमबार
ram-janaki-mandir-mukharji.jpeg

जनकपुर । जानकी नवमी सोमबार धुमधामका साथ मनाइँदैछ । जानकी नवमीको अवसरमा धुमधामका साथ मनाउन प्रदेश २ सरकारले सार्वजनिक बिदा नै दिएको छ । 

उक्त अवसरमा मुख्यमन्त्री लालबाबु राउतले विज्ञप्ति जारी गर्दै सोमबार परेको जानकी नवमी भव्यता एवं हर्षोल्लासपूर्वक मनाउन बिदाको घोषणा गरेका हुन् । उनले जानकी नवमीको सबैमा शुभकामना समेत व्यक्त गरेका छन् । 

वैशाख शुक्ल नवमीको दिन आदर्श नारी सीताको मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी धुमधामसँग मनाउने गरिन्छ ।

जनकपुरमा हुने विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी भई जानकी मन्दिरमा पूजाआजा गर्नेछिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ