arrow

को हुन् वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशी ? 

जोशीको स्वस्थ्य रहस्य– बिहान एकमुठी गाईको दूध र राति सुत्नेबेला एक पेग घरमै बनाएको रक्सी

logo
प्रकाशित २०७६ वैशाख ३० सोमबार
satyamohan-Joshi.jpg

काठमाडौं । वाङ्गमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको सोमबार एक सय बर्षको जन्मोत्सव मनाइदैछ । जोशीको जन्मदिनका अबसरमा ललितपुर महानगरपालिकाले जन्म शताब्दी वर्ष महोत्सबका रुपमा  भव्यरुपमा मनाउन लागेको हो । 

महानगरले जोशीलाई जन्मदिनमा मंगलबजार, लगनखेल, जावलाखेल हँुदै बाजागाजासहित साँस्कृतिक जन्मोत्सब रयाली गरी नगर परिक्रमा गराईन लागेको हो । नगर परिक्रमाका क्रममा जोशीलाई पुल्चोकस्थित महानगरको प्रांगणमा राष्ट्रपति बिद्यादेवी भण्डारीले बिशेष सम्मान गर्ने कार्यक्रम छ । 

महानगरपालिकाको दोस्रो नगरसभाले वि.सं. २०७६ बैशाख ३० गतेदेखि एक वर्ष भरि २०७७ बैशाख ३० गतेसम्म विभिन्न कार्यक्रम गरी जन्मशताब्दी मनाउने निर्णय गरेको थियो ।  

महानगरपालिकाले जोशीको सय बर्षको अवसरमा उनले लेखेको ‘सेतो चैत्य’ पुस्तक  अंग्रेजीमा अनुवाद  गर्ने, ‘चारूती’ को पाण्डुलिपिलाई नेपाली प्रकाशन गर्ने, जोशीको जीवनी पुस्तकमा समावेशको लागि पहल गर्ने, जोशीको जन्मोत्सवको अवसरमा निर्माण हुने वेवसाइडमा उनीसँग सम्वन्धित पाठ्य सामग्री राख्ने, सरकारसँगको समन्वयमा जोशीको  तस्बिर अंकित हुलाक टिकट र मुद्रा प्रकाशन गर्ने लगायतका  कार्यक्रमको घोषणा गरेको छ । 

गएको बर्ष ललितपुर महानगरपालिकाले जोशीको सयौ जन्मोत्सब बिशेष उल्लासका साथ मनाउने घोषणा गरे अनुसार समिति समेत गठन गरी काम अघि बढाएको  मेयर चिरीबाबु मर्हजनले बताए ।  

साथै एक बर्ष अघिदेखि महानगरले जोशीलाई  जिवनभरका लागि सम्मान र सहयोग स्वरुप  बाहिर यात्रा गर्नका लागि सवारीसाधन , चालक र  अंगरक्षकको समेत व्यवस्था गरी मासिक ५० हजारको व्यवस्था मिलाइदिएको छ ।  

१९७७ साल बैशाख ३० गते ललितपुरको बखुम्बहालमा शंकरदास जोशी र नोगलदेवीको कोखबाट जोशी जन्मेका हुन् । जोशीले २०१३ सालमा पहिलोपटक हाम्रो लोक संस्कृति ग्रन्थ लेखेकाले मदन पुरस्कार पाएका हुन् । 

योसंगै जोशीले नेपाली राष्ट्रिय मुद्रा र कर्णाली लोकसंस्कृति लेखेकाले तीनपटकसम्म मदन पुरस्कार पाए । यो पुरस्कार तीनपटक पाउने जोशी एक्ला हुन् । 


त्रिमूर्ति निकेतनको पहलमा बि.स. २०७१ मंसिर  १५ गते जोशीलाई सरकारले वाङ्गमय शताब्दी पुरुषको सम्मान प्रदान गरेको थियो । 
जोशीले सुप्रबल गोर्खा दक्षिण बाहु बिख्यात त्रिशक्तिपट्ट, आदिकवि भानुभक्त पुरस्कार पाइसकेका छन् भने सरकारले उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मान गरिसकेको छ । जोशीका नेपाली र नेपाल भाषा गरी ५० भन्दा बढी कृति प्रकाशित भइसकेका छन् । 

 साहित्यकार तथा संस्कृतिबिद सत्यमोहन जोशी यो उमेरमा पनि निकै क्रियाशिल भई अहिले पनि दैनीक ३, ४ वटा कार्यक्रममा समेत समय दिने गरेका छन् भने उनको घरमा बिहानदेखि बेलुकासम्मै भेट्न आउने आगन्तुक खाली हुँदैनन् । 

सत्यमोहनको दिनचर्या 
आजकल जोशीको दिनचर्या  आफना बिगतलाई स्मरण गर्दै अनुभव साट्दै बितिरहेका छन् । भाषा साहित्य र संस्कृतिका बारेमा आफना कुरा राख्न पाउदा निकै रमाउने र प्रश्न कर्तालाई बोल्ने अबसर दिन नरुचाउने सत्यमोहन आफना बोरमा व्यक्तिगत कुरा भने खासै राख्न नै चाहदैनन् । उनका बारेमा व्यतिmगत कुरा खोतल्ने प्रयास गर्नु उनीसंगको कुराकानी नै बन्द गरी जानु सरह नै गाह्रो छ । 

जोशीको स्वास्थ र दिर्घायु जीवनको रहस्य
एक सय बर्षको बसन्तमा टेकेका जोशीले अहिले भने बिस्तारै आँखाले देख्न छाडेको र स्मरणशक्ति पनि घट्दै गएको बताउँछन् । यो उमेरमा पनि अहिलेसम्म कुनै पनि रोग लागेर औषधी खाइरहनुपर्ने अबस्था नभएपनि सामान्य सुगर र रक्तचाप भने भएको सुनाउँछन् । तर औषधी नै खानुपर्ने अवस्था नआएको मा भने जोशी सन्तुष्ट छन् । 

यो स्वस्थ्य र दिर्घायु जीवनको रहस्य दैनिक बिहानको खानामा एक मुठी गाईको दूध नियमित खानु हो , जोशी भन्छन् । उनको लागि नियमित रुपमा इमाडोलबाट दूध मगाइन्छ । शुद्ध  गाईको दूध पाउन मुस्किल भएपनि अहिलेसम्म स्वाद र  शुद्धतामा कमी नआएको जोशी बताउँछन् । 

बिहान गाईको दूध र राति सुत्नेबेला एक पेग घरमै बनाएको रक्सी खाने उनको दैनिक अन्य रुटिन जस्तै नै हो । 

रातमा राम्ररी निदाउन पनि रक्सी नभई नहुने भनाई उनको छ । रक्सी खानै नहुने होइन यसको मात्रा मिलाएर राम्रो गुणस्तरको खाने हो भने फाइदा नै गर्छ । तर यो हुन सकेन भने फाइदा भन्दा बेफाइदा नै बढी हुने उनको दाबी छ ।

भादगाउँले कालो टोपी लगाउन किन छाडे त ?    
त्वाक टबली अर्थात् भादगाउँले टोपी जोशीको निकै मनपर्ने टोपी हो । तर आमा बितेदखि रंगिबिरंगी लुगा टोपी लाउन छाडेको जोशी बताउँछन् । अहिले सामान्य खालको टोपी मात्रै लगाउँछन् । 

पहिला एकै स्थानमा सिलाउन दिने दौरा सुरुवाल लगाउने भएपनि आजकल तयारी नै किनेर लगाउने गरेका छन् । जोशीले पछिल्लो समय धेरै भयो नयाँ लुगा नकिनेको । पुराना सिलाएको लुगा नै बाँकी भएकाले नया कपडा आवश्यक नपरेको सुनाए । 

गीतसंगीतप्रति  निकै  मोह भएका जोशी 
उपत्यकाको कालो डाँडा काटेर बाहिर कहिल्यै नगएका जोशी सरकारी काम पाएपछि भने कामको सिलसिलामा त्यो कालो डाँडा  काटेर जानुपर्ने बाध्यता भयो । 

त्यसै सिलसिलामा पहिलो पटक कास्की, तनहुँ र लमजुङ्गको बिकट गाउँमा हिड्नुपर्यो । त्यो बेला निकै निरस र दिक्क भएका जोशीलाई त्यहाँको गीत संगीतले यसरी तान्यो कि जुन उनका लागि नौलो अध्ययनको बिषय पनि बन्न पुग्यो । 

त्यहाँ गाउँ र स्थान पिच्छे फरक भावका भाका सुन्न थालेपछि सरकारी जागिर छाड्ने सोच बनाइसकेका जोशीको मनस्थिति नै बदलियो । 

सरकारी जागिर छाडनु भनेको त्यो बेला जागिर जानु मात्र नभई दण्ड सजायको समेत भागिदार हुनुपथ्र्याे  । काम गर्न सकिसकेपछि बाँकी फुर्सदको समयमा उनी आफ्ना  रुचीको बिषय गीत संगीत लिपिबद्ध गर्नतिर हानिन थाले  । 

जुन रुचीको बिषयमा लगनशिल भई लागेर आजसम्म आइपुग्दा उनले वाङ्गमय शताब्दी पुरुषको उपाधि समेत पाइसकेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ