arrow

कांग्रेस जागरणको अर्थ र लुकेको स्वार्थ 

logo
मोतीलाल भण्डारी 
प्रकाशित २०७६ वैशाख ३० सोमबार
moti-bhandari.jpg

मध्ययुगिन अन्धकारबाट मानव सभ्यतालाई नवयुगमा प्रवेश गराउनका लागि पुनः जागरणको आन्दोलनले युरोपमा ठूलो भूमिका खेल्यो, संसार आधुनिक युगमा प्रवेश भईरहदा नेपाल भने अन्धकारमा रुमल्लिएको थियो । जब नेपालमा बी.पी. कोइरालाको जन्म पछि राजनीतिमा उदय र नेपाली जनताको अधिकारका लागि जागृत हुुँदै गएको चेतनाका कारण २००३ साल कार्तिक १५ गते वि.पी. कोइरालाको नेतृत्वमा अखिल नेपला राष्ट्रिय कांग्रेस स्थापना भयो । 

त्यतिबेलाको क्रुर र जरजर  निरकुंश तानाशाह राणाको अन्त्य र प्रजातन्त्र प्राप्तीको उद्देश्य बोकेर नेपाली राष्ट्रिय कांग्रेस र  नेपाल प्रजातन्त्र कांग्रेस बीच एकीकरण भई २००६ साल चैत्र १४ गते बी.पी.को नेतृत्वमा नेपाली कांग्रेस गठन भयो । यसको उद्देश्य निरंकुश राणा शानको अन्त्य र प्रजातन्त्रको स्थापना थियो । यसको लक्ष्य संकल्प जनतालाई अधिकार सम्पन्न बनाउनु नै थियो । 

२००७ सालको जनक्रान्तिको सफल पछि नेपालमा प्रजातन्त्र स्थापना भयो । त्यसपछि प्रजातन्त्र प्राप्तीको आन्दोलनको जागरण किन नहोस् र गणतन्त्र स्थापनार्थको जागरण अभियान जनतास“ग मिलेर गरेको आन्दोलनले  उद्देश्य प्राप्तीमा पुर्याएको थियो । जुन पवित्र उद्देश्य बोकेर गरिएको थियो । त्यसकारण सबै परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा  सफल र सम्पन्न भयो । 

तर यतिखेर कांग्रेस आफैमा अल्मलिएको छ, दिशाविहिन छ, लक्ष्य विहिन छ । जागरण आफैंमा राम्रो काम हो तर यसको उद्देश्य पार्टीलाई आगामी महाधिवेशन र आम निर्वाचन मात्रै हैन । देश द्रुत गतिमा विकास, सुख, शान्ति, समृद्धि र स्थायित्वको लक्ष्य र संकल्प सहित जनतामा प्रस्तुत हुनु पथ्र्याे । 

पार्टी संगठनभित्रका आन्तरिक मामिला झमेला मिलाएर मात्र जागरणमा जानु पथ्र्याे । यदि हामी शोषण विहिन र उन्नत समाज निर्माणको लागि संगठित र क्रियाशील भएका हौं भने उन्नत र सुन्दर समाजको प्रतिबिम्ब सर्वप्रथम स्वयम् आफू र आङ्खनो पार्टीभित्र बन्नु पर्छ । देशमा विशिष्ट परिस्थितिमा हाम्रो मुख्य कार्यभार पत्ता नलगाई पार्टी नेतृत्वको गल्तीको ढाकछोप गर्ने उद्देश्यले गरिएको कांग्रेस जागरणले तात्विक महत्व राख्दैन र जनताको आधारभूत आवश्यकता र वेथितिका काण्डहरुलाई शसक्त रुपमा नबोकीकन कांग्रेस मात्रै भनेर गरिने जागरणले जनता सामु उत्साह भर्न सकिदैन । 

कांग्रेसले आङ्खना भातृ संघ–संगठनहरुलाई लथालिङ्ग पारेर र युवा विद्यार्थीहरुलाई भूमिका विहिन बनाएर कांग्रेस बलियो बन्न सक्दैन । हाम्रो पार्टीका युवाहरुको संख्या प्रर्याप्त छ तर जिम्मेवारी छैन । भातृ संगठनहरु छन् तर तिनको संरचना छैन । विधान अनुसार संचालन भएको छैन । पहिला त आफै भित्र भएको शक्तिलाई पहिचान गरी निश्पक्ष जिम्मेवारी  बाँडफाँड हुनु पर्यो । 

अनुशासन र विधान सबैले पालना गर्नु पर्यो । मुद्दा सही उठाउनु पर्यो । तब मात्र कांग्रेस अगाडि बढ्न सक्छ । पुरानो  कुराले मात्र जनता आकर्षित गर्न सक्दैन । नविनतम विचार दृष्टिकोण सहितको संगठनले र युवाहरुले मात्र पार्टीको नयाँ जीवन भर्न सक्दछन् र अहिलेको सरकारलाई चुनौति दिन मात्र होइन की आगामी दिनमा देशमा कांग्रेसमय बनाउन सकिन्छ ।  पहिला पार्टीमा  एकता कायम हुनु पर्यो । विधानको पालना हुनु पर्यो । नेताहरुको आचरण राम्रो  हुनु पर्यो । दर्शनका गफ गर्ने, नैतिकता र आचरणमा  जे सुकै  गर्नेबाट पनि कांग्रेस जाग्रित बन्न सक्दैन । नेताहरुले आङ्खनो आनीबानी सुधारेर जनताको घरलाई आवास र सुख दुःखलाई साथी बनाउनु पर्छ । 

    जागरणमा बीपी, गणेशमान, किसुनजी, सुवर्ण शम्शेरहरुसँग प्रजातन्त्रको संकल्प थियो । गिरीजाप्रसादसँग गणतन्त्रको संकल्प थियो, सुशिल कोइरालासँग संविधानको संकल्प थियो भने अहिले तपाईसँग के संकल्प छ त ? युवालाई नेतृत्वमा ल्याउँछौं भन्ने छ कि ? जनताको आर्थिक स्तर वृद्धि गरी दक्ष युवाशत्ति पलायन रोक्छौं भन्ने छ कि ? जनतालाई सुशासन दिन्छौं भन्ने छ कि, भ्रष्टाचार रोक्छौं भन्ने छ ? 

के हो त जागरणमा तपाईँ नेताहरुको संकल्प ? सरकार तपाईले पनि चलाएकै हो यसको मूल्याङ्कन जनताले गरेकै होलान् ? के कम्युनिष्ट देशबाट उन्मूलन गर्छाै भन्ने हो या पार्टीभित्र आङ्खनैलाई डण्डा चलाउने गुट बनाउने पार्टी महाधिवेशनमा आङ्खनो पद सुरक्षित गर्नु पार्टी सुधारभन्दा पनि विगतको गल्ती ढाकछोप गरी अन्तरविरोधलाई विषयान्तर गर्ने कार्य त होइन ? जनागरणको नाममा पार्टी महाधिवेशन लम्ब्याउने मनोनित पदहरुमा आङ्खनो गुटको मान्छेहरु भर्ती केन्द्र गर्ने र भातृ संगठनहरुलाई लथालिङ्ग बनाउने त होइन ? के हो त जागरणको सन्देश काँग्रेसले नेताहरुले यसको जवाफ दिनै पर्छ । (लेखक, नेपाली कांग्रेसका युवा नेता हुन्) 
   

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ