arrow

सुविसु कनक्लेभ जेठ १ मा

logo
प्रकाशित २०७६ वैशाख ३० सोमबार
04.jpg

काठमाडौं। सूचना प्रविधि सेवाप्रदायक कम्पनी सुविसु केवलनेटले सुविसु कनक्लेभ जेठ १ मा आयोजना गर्ने भएको छ। कम्पनीले आइतबार एक पत्रकार सम्मेलन गर्दै सूचना, सञ्चार तथा प्रविधिलाई प्रबद्र्धन गर्न विभिन्न नयाँ विषयमा बहस गर्न यो कार्यक्रम आयोजना गर्न लागिएको बताएको हो।

सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधि र अभ्यासलाई नेपालमा पनि स्थापित गराउन कार्यक्रम सफल हुने कम्पनीले विश्वास व्यक्त गरेको छ।उक्त कार्यक्रममा ब्लकेचन प्रविधि र साइबर सेकुरेटी, क्वूओएस अफ इन्टरनेट, आइओटी जस्ता विषयमा छलफल हुनेछ।

कार्यक्रममा नेपालका सूचना प्रविध अभियान्ता महावीर पुनले प्रस्तुती दिनेछन् भने विश्वविख्यात प्रविधि कम्पनीहरुले पनि सहभागिता जनाउने छन्। टाटा, सिओएमएम, नोकिया, टाइको, भेरिटिभ जस्ता कम्पनीका प्रतिनिधि पनि उपस्थित हुने कम्पनीले जानकारी दिएको छ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ