arrow

विश्वकप टि–२० मा दक्षिण अफ्रिका विजयी, अफगानिस्तान ३७ रनले स्तब्ध

डेभिलियर्सको व्याटिङ, मोरिसको कमाल बलिङ

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
AB-de-villiers.jpg.jpeg
एजेन्सी । भारतमा जारी आइसीसी विश्वकप टि–२० क्रिकेटमा दक्षिण अफ्रिका ३७ रनले विजयी भएको छ । मुम्बईमा भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ३७ रनले हराएको हो । टस जितेर पहिले व्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको २ सय १० रनको चुनौती पछ्याएको अफगानिस्तान अलआउट हुँदै एक सय ७२ रनमै समेटिएपछि दक्षिण अफ्रिका विजयी भएको हो । 
 
अफगानिस्तानका लागि ओपनर मोहम्मद शेहजादले ४४ रन बनाउन बाहेक अन्य व्याट्समान्यानले खासै अंक स्कोर गर्न सकेनन् । अफगानिस्तानको व्याटिङ कमजोर पार्न दक्षिण अफ्रिकी बलर क्रिस मोरिस एक्लैले ४ विकेट चट्काए । अफगानिस्तान पहिलो चरणमा टेष्ट मान्यता प्राप्त जिम्बावेलाई पछार्दै सुपर टेनमा पुगेको थियो । 
 
यसअघिको विश्वकपमा भने अफगानिस्तान नेपालसंग पराजित भएको थियो । वानखडे  स्टेडियम मुम्बईमा दक्षिण अफ्रिकाका लागि एबी डेभिलियर्सले ६४ रन बनाए । उनले ५ छक्का र ४ चौकाको मद्दतले उच्च स्कोर बनाएका हुन् । ओपनर क्विंटन डे कुकले ४५ रनको योगदान गरे । कप्तान फाफ डु प्लेसिसले ४१ तथा जेपी डुमिनीले २९ रन बनाए । अफगानिस्तानलाई कमजोर पारेका क्रिस मोरिस म्यान अफ द म्याच भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ