arrow

दीपिका आमा बन्ने अडकलको साथीले गरे खण्डन

logo
प्रकाशित २०७६ वैशाख ३० सोमबार
dipika2.jpg

काठमाडौं । दीपिका पादुकोण र प्रियंका चोपडाको बीचमा गाला २०१९ मा भेट भएको थियो । प्रियंकाका साथमा उनका पति निक जोनस पनि उक्त समारोहमा पुगेका थिए । अहिले उनीहरुको तीनजनाको एकसाथ खिचिएको तस्वीर भाइरल भएको छ ।

यो मेट गालाको पार्टीपछिको फोटो हो । फोटोमा दीपिका पँहेलो रङको वान पीसमा देखिएकी छिन् । यो तस्वीरलाई देखेर सामाजिक सञ्जाल प्रयोगकर्ताले दीपिका गर्भवती भएको प्रतिक्रिया दिएका थिए । तर, दीपिकाका एक नजिकका व्यक्तिले भने यो समाचारको खण्डन गरेका छन् । उनले यो तस्वीरमा क्यामेराको कोण नमिलेको कारण पेट बाहिर आएको जस्तो देखिएको तर उनी गर्भवती नरहेको बताएका हुन् ।

दीपिका आफैंले शेयर गरेको तस्वीरमा उनी परफेक्ट देखिएकी छिन् । मेट गालामा दीपिकाले पँहेलो रङको सिंडरेला गाउन लगाएकी थिइन् । दीपिकाको लुक्सलाई धेरैले मन पराएका छन् । दीपिका अहिले मेघना गुलजारको फिल्म छपाकको शुटिङ गरिरहेकी छिन् । फिल्ममा विक्रान्त मेसीले पनि मुख्य भूमिकामा देखिनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ