arrow

उड्डयन क्षेत्र कम प्रदूषित बन्न सक्ला ?

logo
एजेन्सी,
प्रकाशित २०७६ वैशाख ३० सोमबार
airline-emissions.jpg

काठमाडौं। पछिल्लो समय हवाई उड्डयडन उद्योग कार्बन उत्सर्जन घटाउने दबाबमा देखिएको छ। अहिले पनि हवाई यात्राको संख्यामा भने निरन्तर वृद्धि भइरहेको छ। प्रवधिको माध्यमबाट कार्बन उत्सर्जनलाई घटाउन सकिएला त ? आविष्कार र प्रगतिको हिसाबमा धेरै मानिसले अहिले उड्डयन क्षेत्रलाई वतावरणीय हिसाबमा जोखिमपूर्ण रहेको मान्दै आएका छन्।

विश्वको उत्सर्जनमा हवाई उड्डयनले २ प्रतिशतको हिस्सा ओगटेको छ। साथै यो उत्सर्जन बढ्दो क्रममा छ। अन्तर्राष्ट्रिय एयरलाइन व्यापार संस्था आईएटीएले सन् २०३७ सम्ममा हवाई यात्रुको संख्या ८ अर्ब २० करोड पुग्ने अनुमान गरेको छ। अमेरिकी विमान निर्माता बोइङले पनि अबको २० वर्षमा ४२ हजार ७ सय नयाँ विमानको माग हुनसक्ने बताएको छ। एयरबसले पनि यस्तै किसिमको अनुमान गरेको छ।

सन् २०५० सम्ममा युरोपेली संघ (ईयू)ले यो उद्योगको कार्बन उत्सर्जन ७५ प्रतिशत, नाइट्रोजन अक्साइड ९० प्रतिशत र आवाज ६५ प्रतिशत घटाउने लक्ष्य राखेको छ। त्यसका साथै अहिले कार्बन उत्सर्जन घटाउनका लागि नयाँ योजना ल्याइएको छ। यसमा ७० मुलुकले सहमति जनाएका छन्। यो योजना सन् २०२० देखि लागू हुनेछ। 

विश्वको प्रमुख हवाई–इन्जिन निर्माता रोल्स रोयल्सले १० वर्ष लगाएर निर्माण गरिएको नयाँ अल्ट्राफ्यान इन्जिन आगामी दशकको मध्यबाट प्रयोगमा आउने बताएको छ। यसले २५ प्रतिशत कम इन्धन खपत गर्ने बताइएको छ। एयरबसले पनि विद्युतीय विमान निर्माणमा केही समस्या भइरहेको कारण आगामी दिनमा विद्युतीय र इन्धन दुवैबाट चल्नसक्ने विमान निर्माण गर्ने आशा व्यक्त गरेको छ। सन् २०२५ सम्ममा अहिलेको भन्दा कम उत्सर्जन गर्ने विमान आकाशमा उड्नसक्ने उत्पादकको अनुमान छ।

विश्लेषकहरुले मट्टितेलबाट चल्ने जेटको इन्धनमा बायो इन्धनको प्रयोग गरी स्वच्छ उर्जाको विस्तार गर्न सकिने बताएका छन्। तर, अहिले विश्वभर वार्षिक ४ अर्ब ग्यालोन इन्धन जेट विमानका लागि खर्च हुने गरेको छ। यति परिमाणकाकृ बायो इन्धनको लागि अहिले भएका सबै स्रोतको प्रयोग गर्ने हो भने पनि अपुग हुन्छ। पछिल्लो समय स्वच्छ ऊर्जाको विषयमा निकै चर्चामा रहेको छ। बायो इन्धनको सट्टामा जीवाश्म इन्धन राम्रो विकल्प हुनसक्ने बताइएको छ। साथै बायो इन्धनभन्दा जीवाश्म इन्धन महँगो पनि रहेको छ।

आईएटीएका अनुसार अहिले विश्वको समग्र खर्च एक खर्ब ८० अर्ब डलर छ। यस्तोमा प्रविधिको विस्तारले आगामी दिनमा पनि हवाई उड्डयनको प्रदूषण रोक्न नसक्ने विश्लेषकहरुले बताएका छन्। अन्य केही जोखिम पनि यस किसिमको ऊर्जाको स्तारमा रहेको विलेषकको बुझाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ