arrow

श्रीमतीले सुत्न नदिएको भन्दै श्रीमान्‌ले मागे तलाक

logo
प्रकाशित २०७६ वैशाख ३० सोमबार
sleep-good.jpg

काठमाडौं । श्रीमतीले सुत्न नदिएको भन्दै एक श्रीमान्‌ले तलाक (सम्बन्धविच्छेद) मागेका छन् ।    भारतका एक युवाले श्रीमतीको निद्रामा बर्बराउने समस्याको कारण सम्बन्धविच्छेद मागेका हुन् । बुलंदशहरका एक सफ्टवेयर इन्जिनियरले आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद मागेका हुन् । उनी नोएडामा रहेको एक बहुराष्ट्रिय कम्पनीमा काम गर्थे ।

 श्रीमान्‌ले आफ्नी श्रीमतीमाथि सधैं सुत्दा बर्बराउने गरेको आरोप लगाएका छन् । यसले आफ्नो निद्रा पूरा नहुने उनको भनाइ छ । उनले आफूले श्रीमतीको उपचार पनि गराएको तर राति उनको बर्बराउनमा कमी नआएको उनको भनाइ छ ।

श्रीमतीको यो समस्याको कारण श्रीमान्‌ले अदालतमा निवेदन दिएर सम्बन्धविच्छेदको लागि आग्रह गरेका छन् । अदालतले निवेदन स्वीकार गर्दै सुनुवाईको तारिख तोकेको छ ।

निद्रामा बर्बराउनु कुनै समस्या होइन तर, स्वास्थ्यमा केही गडबढीको समस्याको संकेत भने हो । निद्रामा बोलिने बाक्य अधुरा र अस्पष्ट हुने गर्छन् ।

विशेषज्ञका अनुसार कुनै नराम्रो र डराउने किसिमको सपना पन निद्रामा बर्बराउनुको एक कारण बन्न सक्छ । धेरैजसो हामी जे कुराको विषयमा सोचिरहेका हुन्छौं, त्यस्तै कुरा हाम्रो सपनामा आउन थाल्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ