arrow

'सेवाग्राहीले झन्झटिलो प्रक्रिया थेग्न नसकेपछि घुस दिएर काम गराए'

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ वैशाख ३१ मंगलबार
mahat.JPG

जनकपुरधाम । प्रदेश नम्बर दुई को मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत हुँदैगएको टिप्पणी गरेका छन् ।

उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको आयोजनामा जनकपुरधाममा सम्पन्न प्रशासकीय न्याय, साकारात्मक सोच र सेवा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै  मुख्यमन्त्री राउतले सो कुरा बताए ।

मुख्यमन्त्री राउतले सेवाग्राहीहरु झन्झटिलो प्रक्रियालाई थेग्न नसकेपछि घुस दिएर काम गराउने गरेको भएकाले सेवा प्रवाहको प्रक्रियालाई जनमुखी र व्यवहारिक बनाउनु पर्ने बताए ।

मुख्यमन्त्री राउतले भ्रष्टाचारको अन्त्यको शुरुवात माथि बाटै हुनु पर्ने बोल्दै भने ‘भ्रष्टाचार अन्त्यको शुरुवात आफै बाट गरिनु पर्दछ , त्यो पनि माथिल्लो निकायबाट । अनि मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ ।’

नियम र कानून बनाएर भ्रष्टाचार अन्त्य गर्न नसकिने दावी गर्नु हुँदै उनले यसका लागि आफ्नै छातीमा हाथ राखेर अघि बढनु पर्ने बताए ।

नियम कानुन मिचेर गरिएको कर्मचारी समायोजनले प्रदेश र स्थानीय तहमा आएको कर्मचारीहरुमा आतंक सृजना गर्ने कार्य गरेको मुख्यमन्त्री राउतले दावी समेत गरे।

जनकपुर उच्च अदालतका मुख्यन्यायधिश हरि पोखरेलको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा नेकपा प्रदेश नम्बर दुई का प्रदेश सांसद दिलिप साह, मधेशी आयोगका अध्यक्ष डा. विजय दत्त, उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशिराज दहाल, प्रमुख जिल्ला अधिकारी प्रदिप राज कनेल सहितले सम्बोधन गरेको थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ