- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालीहरुको लागि भारत हुँदै तेस्रो मुलुकमा जाँदा नो अब्जेक्सन लेटरको झण्झट हुने भएको छ । मंगलबार भारत स्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्ती अनुसार नेपालीहरुलाई भारत हुँदै तेस्रो देश जाँदा दूतावासको सिफारिस आवश्यक हुनसक्ने भन्दै सचेत हुन आग्रह गरेको छ ।
दूतावासले सो को लागि भारत हुँदै तेस्रो मुलुक जानुपर्ने मनासिब कारण सहित सम्बन्धित व्यक्तिको हस्ताक्षर सहितको निवेदन, यात्रा गर्ने व्यक्तिको राहदानी र सो को प्रतिलिपि, गन्तव्य देशको भीसा र हवाई टिकट लगायतका विभिन्न कागजातहरु पेश गर्न भनेको छ ।