arrow

चौथो अंग मजबुद भएमात्र लोकतन्त्र मजबुद बन्छ – लालबाबु राउत

जसले लोकतन्त्रका लागि ठूलो भूमिका खेलेको छ उसैलाई प्रतिवन्ध लगाउने विधेयक गलत छ

logo
प्रकाशित २०७६ जेठ १ बुधबार
Lalbabu-raut-cheif-minister.jpg

जनकपुर । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली मिडियालाई बचाउनु पर्नेमा जोड दिएका छन् । उनले मुलुकको चौथो अंग मजबुद भएमात्र लोकतन्त्र मजबुद बन्ने बताएका छन् । 

संघीय सरकारले संसदमा नेपाल प्रेस काउन्सिलको बदलामा प्रेसलाई नियन्त्रण गर्ने शैलीमा मिडिया काउन्सिल विधेयक दर्ता गराएपछि विरोध भइरहँदा मुख्यमन्त्री राउतले पनि मिडिया स्वतन्त्र हुनुपर्नेमा जोड दिएका हुन् ।  

उनले भने, ‘मिडियाका कसैको गलत शैली छ भने त्यो सच्याउनु पर्छ । आफ्नो परिधिभित्र बस्नुपर्छ तर सरकारले मिडियालाई अंकूश लगाउनु हुँदैन ।’

उनले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक फिर्ता लिन भन्दा पनि संशोधन गरेर मिडियालाई सशक्त बनाउनु पर्नेमा जोड दिएका छन् ।  

मुख्यमन्त्री राउतले भने, ‘यो मलुकको मिडियालाई स्वतन्त्र किसिमले काम गर्ने वातावरण बनाउनु पर्छ । मिडियाले पनि निष्पक्ष भएर समाचार सम्पे्रषण गर्नुपर्छ । जसले लोकतन्त्रका लागि ठूलो भूमिका खेलेको छ उसैलाई प्रतिवन्ध लगाउने विधेयक गलत छ ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ