arrow

किन गरेनन् सलमानले विवाह, के भन्छन् बुवा सलिम ?

logo
प्रकाशित २०७६ जेठ १ बुधबार
salim-salman2.jpg

काठमाडौं । बलिउड अभिनेता सलमान खानका बुवा सलिम खानले छोराको विवाहको विषयमा खुलासा गरेका छन् । एक अन्तर्वार्ताको क्रममा सलिमले सलमानको विवाह नहुनुको कारण खुलाएका हुन् ।

एक अन्तर्वार्तामा उनले सलमानको विवाह नहुनुको कारणबारे सोधिएको प्रश्नमा अचम्मलाग्दो उत्तर दिएका छन् । उनका अनुसार कुनै पनि रिलेसनको शुरुमा सम्बन्ध राम्रै चलिरहेको हुन्छ । तर, केही समय रिलेसनमा बसेपछि उक्त केटीमा सलमानलाई आफ्नी आमाको झल्को आउने गरेको छ । त्यसकारण धेरै सम्बन्ध टुटेको सलीमको भनाइ छ ।

 सलमान बलिउडका एक चर्चित स्टार हुन् । उनलाई विभिन्न फिल्मको अफर पनि आइरहेको छ । उनले भर्खरै ‘भारत’ फिल्मको अभिनय सकाएर बसेका छन् । उनी अबको केही समयमा ‘दबंग ३’ खेल्ने तयारीमा छन् । यस्तैमा सलमानका फ्यानहरु भने उनले कहिले विवाह गर्छन् पर्खाइमा छन् । सलमानको विवाहलाई लिएर धेरै चर्चा हुने गरेको छ ।

अहिलेसम्म पनि सलमानले कहिले विवाह गर्छन् भन्ने कुरा कसैलाई पनि थाहा छैन । उनी पछिल्लो समय निकै व्यस्त रहँदै आएका छन् । उनीसँग अहिले आफ्ना घरका मानिसलाई दिने समय पनि छैन । आगामी जुन ५ मा उनले बहुप्रतीक्षित फिल्म ‘भारत’ रिलिज हुँदैछ । फिल्मको मुख्य भूमिकामा सलमानका साथै कटरिना कैफ पनि हुनेछिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ