arrow

किन पद्मश्री फिर्ता गर्न चाहन्थे सैफ अली खान ?

logo
प्रकाशित २०७६ जेठ १ बुधबार
saif-padhmashree.jpg

काठमाडौं । सैफ अली खानको विषयमा विभिन्न किसिमका समाचार आउने गरेका छन् । यसैबीच उनलाई उनका छोरा तैमू अली खानको विषयमा देखिएको  विवाद, पद्मश्री सम्मान, रेष्टुरेन्टमा भएको झगडा र उनको अभिनयको विषयमा पनि प्रश्न उठ्ने गरेको  छ ।

यस विषयमा सैफ अली खानले एक कार्यक्रमको क्रममा दिएका छन् । उनीमाथि एक ठग भएको आरोप पनि लागेको थियो । यस विषयमा उनले आफू ठग नभएको  बताएका छन् । अन्य मुद्दा भने स्वीकार गर्दै यस विषयमा उनले सफाइ पनि दिएका छन् । उनले पद्यश्री जस्तो सम्मान खरीद गरेको आरोपको पनि उनले खण्डन गरेका छन् । उनले यो पुरस्कार निकै महँगो हुने र भारत सरकारलाई घुस दिने औकात आफ्नो नरहेको बताएका छन् ।  

सैफले भारतीय फिल्म उद्योगमा आफूभन्दा पनि सक्षम अभिनेता रहेको बताएका छन् । तर, उनीहरुले अहिलेसम्म यो सम्मान नपाएको र यो आफ्नो लागि पनि शर्मको कुरा रहेको सैफको भनाइ छ । यस विषयमा सैफ अली खानका बाबुले पनि उनले सरकारले दिन लागेको यो  सम्मानका लागि लायक नभएको उल्लेख गर्दै अस्वीकार गर्न सुझाएका थिए । सैफले पनि यो प्रस्ताव स्वीकार गर्दै पद्मश्री पुरस्कार फिर्ताको घोषणा गरेका थिए ।

उनले कुनै समय यो सम्मानका लागि लायक ठहरिने सपना देखेको र अहिले मानिसले त्यसका लागि योग्य देखेको बताएका छन् । उनले आफ्ना छोरा तैमूरको विषयमा देखिएको विवादको विषयमा बोल्दै उनको नाममा कुनै नराम्रो छ जस्तो आफूलाई नलागेको र आफूलाई यो नाम मन परेको बताएका छन् ।

उनले तैमूरकोे नामको अर्थ आइरन भएको बताउँदै यो मजबुतीको प्रतीक रहेको बताएका छन् । मानिसले भने शासक तैमूरलंगसँग तुलना गरिएको बताए । उनी निकै रक्तपात मच्चाउने शासक थिए । सैफले तैमूर र तिमूर फरक फरक शब्द रहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ