arrow

सनी देवललाई महँगो पर्‍यो फ्यानको फेसबुक पेज, निर्वाचन आयोगले गर्‍यो कारबाही

logo
प्रकाशित २०७६ जेठ २ बिहिबार
sunny.jpeg

काठमाडौं । गुरदासपुर लोकसभा निर्वाचनका उम्मेदवार सनी देवलको प्रचारका लागि फेसबुकमा विना अनुमति चलाइएको फ्यान्स अफ सनी देवल पेज महँगो साबित भएको छ । यस विषयमा पञ्जाब प्रदेश कांग्रेसले कमिटिको तर्फबाट मुद्दा दायर गरेको थियो ।

यसबारे कारबाही गर्दै निर्वाचन आयोगले उनले चुनावी खर्चमा १ लाख ७४ हजार ६ सय ४४ भारु जोड्न आदेश दिएको छ । यसबारे कांग्रेसले मे ६ मा निवेदन दिएको थियो । यसमा विषयमा यो पेजका एडमिन र भाजपा उम्मेदवारलाई सूचना पठाएर जवाफ मागिएको थियो । तर, निश्चित समयसम्म कुनै जवाफ नआएपछि यो मुद्दालाई दुरुस्त मान्दै फैसला सुनाइएको हो ।

सनी देवलले भने आफू कुप्रचार गर्न वा गलत प्रचारको जवाफ दिन नआएको बताएका छन् । उनले आफू दशा सुधारको लागि आएको स्पष्ट पारेका छन् । उनले दीनानगरका १ सय ६ गाउँको भ्रमण गरी बैठक बसेका थिए ।  उनले कुनै पनि समस्याको समाधान समझदारी अपनाएर नै निकाल्न सकिने बताए ।

उनले मलुकका लागि नरेन्द्र मोदीजस्तो नेता आवश्यक रहेको र उनले यो निर्वाचनमा जित हासिल गर्ने विश्वास व्यक्त गरे । सनी देवल भारतीय जनता पार्टीको तर्फबाट उम्मेदवार बनेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ