arrow

राजपरिवारबाट फिल्म क्षेत्रमा आएका बलिउड अभिनेत्रीहरु

logo
प्रकाशित २०७६ जेठ २ बिहिबार
actress.jpg

काठमाडौं । केही फिल्महरुमा अभिनेत्रीहरुलाई कुनै राजपरिवारको सदस्यको भूमिका निभाउनुपर्ने अवस्था आउँछ । यद्यपि केही भारतीय अभिनेत्री वास्तविक जीवनमा नै राजपरिवारसँग सम्बन्ध रहेका छन् । जसमध्ये केही यसप्रकार छन् –

१. किरण राव
आमिर खानकी पत्नी किरण राव बलिउडकी शान्त स्वभावकी नायिका मानिन्छिन् । धेरैलाई यो कुरा थाहा नहुन पनि सक्छ कि उनको जन्म एक राजपरिवारमा भएको थियो । किरणका हजुरबा जे रामेश्वर वानापार्थीका राजा थिए । किरणको जन्म तेलंगानामा भएको थियो र उनको बाल्यकाल कोलकातामा बितेको थियो ।

२. अदिति राव हैदरी
देख्नमा पनि कुनै राजकुमारी जस्तै देखिने अदिति पनि राजपरिवारसँग सम्बन्ध भएकी नायिका हुन् । उनी राजा अकबर हैदरीकी पनातिनी हुन् र मोहम्मद लालेह अकबर हैदरीकी भतिजी हुन् । जो आसामका पूर्व राज्यपाल थिए ।

३. सोहा अली खान
सोहा नवाबका परिवारसँग सम्बन्ध भएकी नायिका हुन् । उनी पटौदी परिवारकी छोरी हुन् । उनका हजुरबा आठौं पटौदी नवाब थिए । त्यसपछि उनका पिता मन्सुर अली खान पटौदीमा जिम्मेवारी आएको थियो । शर्मिला टैगोर सोहाकी आमा हुन् भने सैफ अली खान भाइ हुन् ।


४. रिया र राइमा सेन
सेन दिदिबहिनी शाही परिवारसँग सम्बन्धित छन् । यीनिहरुको आमा र बुवा दुवै परिवारमा पनि राजपरिवारको रगत छ ।


५. सोनल चौहान
चर्चीत सोनल चौहान उत्तरप्रदेशको शाही राजपूत परिवारकी छोरी हुन् ।

६. भाग्यश्री
मिरजको शाही पटवर्धन परिवारमा भाग्यश्री जन्म भएको हो । यीनको पूरा नाम श्रीमंत राजकुमारी भाग्यश्री राजे पटवर्धन हो । सांगलीका राजा श्रीमन्त विजयसिंह राव माधव राव पटवर्धन यीनका बुवा हुन् ।

७.सागारिका घाटे
चक दे इन्डिया गर्ल र जहीर खान की श्रीमति सागारिका पनि शाहि परिवारकि हुन् । उनि कोल्हापुरको कहल राजपरिवारकी छोरी हुन् । उनको बुवा विजय सिंह घटगे अहिले पनि सत्तामा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ