arrow

म्यान्चेस्टर युनाइटेड विजयी, म्यान्सिटी पराजित

logo
प्रकाशित २०७२ चैत ८ सोमबार
farnandinho.jpg.jpeg
एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड विजयी हुँदा लिभरपुल पराजित भएको छ । आइतबार राति भएको खेलमा म्यानयुले म्यान्चेस्टर सिटीलाई पराजित गरेको हो । सिटीको मैदान इत्तिहादमा भएको डर्बीमा युनाइटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले निर्णायक गोल गरे । जितसंगै म्यानयुले पाँचौ स्थानमा रहेको वेष्ट ह्यामसंग अंक बराबरी गरेको छ । 
 
यस्तै, लिभरपुल साउह्याम्पटनसंग ३–२ ले पराजित भयो । घरेलु मैदानमा साउथह्याम्पटनका लागि सादियो मानेले दुई तथा ग्रेजियानो पेलीले एक गोल गरे । लिभरपुलका फिलिप कौटिन्हो र ड्यानिएल स्टुरीजले एक–एक गोल गरे । दोस्रो स्थानमा रहेको टोटनह्याम हट्सपरले एएफसी बर्नमाउथविरुद्ध ३–० को शानदार जित निकाल्दै शीर्ष स्थानको लेस्टर सिटीसंगको अंक दूरी कम गरेको छ । 
 
शीर्ष स्थानको लेस्टर सिटीसंग टोटनह्यामको पाँच अंकको फरक छ । लेस्टको ३१ खेलबाट ६६ अंक हुँदा समान खेलबाट टोटनह्यामको ६१ अंक भएको छ । तेस्रो स्थानको आर्सनलको भने ५५ अंक छ । आइतबार राति नै भएको अर्को खेलमा न्यूकासल युनाइटेड र सण्डरल्याण्डले १–१ को बराबरी खेलेका छन् । 
But then came the sucker punch as Rashford broke through on goal, passing Martin Demichelis before finishing past Joe Hart
 
Fernandinho, Eliaquim Mangala and Raheem Sterling make their way back towards the half-way line dejected after conceding
 
The young striker celebrated netting his fifth senior goal with fellow youth produce Jesse Lingard as they headed back for half-way
 
Manchester City supporters produced a pre-match display in an attempt to inspire their misfiring side to victory against their rivals



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ