arrow

ब्राह्मणबारे गरेको टीप्पणीले विवादमा फसे ट्वीटरका सीईओ

logo
प्रकाशित २०७६ जेठ २ बिहिबार
twitter-ceo.jpg

काठमाडौं । ब्राह्मणमाथि आपत्तिजनक टीप्पणी गरेको कारण सामाजिक सञ्जाल ट्वीटरका सीईओ ज्याक डोर्से विवादमा तानिएका छन् । भारतको उच्च अदालतमा उनीमाथि मुद्दा दायर भएको थियो । उनले सुनुवाई आगामी जुलाई ११ मा हुनेछ ।

सन् २०१८ को डिसेम्बरमा भारतको जोधपुरमा रहेको अदालतले डोर्सेमाथि मुद्दा चलाउनका लागि मुद्दा दायर गर्ने अनुमति दिएको थियो । उनीमाथि एक भाइरल भएको फोटोको विषयमा उनीमाथि मुद्दा दायर भएको हो ।

सन् २०१८  को नोभेम्बरमा भारत आएको बेलामा उनले महिला कार्यकर्ता र पत्रकारसँग एक फोटो हातमा लिएर तस्वीर खिचाएका थिए । जसमा ‘ब्राह्मणवादी पितृसत्ता तोडो’ भन्ने नारा लेखिएको थियो ।
 
यो पोस्ट भाइरल भएसँगै केही प्रयोगकर्ताले उनीमाथि कट्टरता र नश्लवादको आरोप लगाएका थिए । विप्र फाउण्डेशनद्वारा ट्वीटर सीईओ र अन्यका विरुद्धमा मानहानिको मुद्दा दायर गरिएको हो ।

अदालतले यसअघिको सुनावाईमा जाँच अधिकारीलाई अनुसन्धान पूरा गरेर जाँच रिपोर्ट १५ मेसम्म पेश गर्नका लागि आदेश दिएको थियो । यो आदेशअनुसार पुलिसले जाँचको रिपोर्ट अदालतसमक्ष पेश गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ