arrow

भीषण राईद्धारा निर्देशित ‘पुरानो बुलेट’ जापानमा गुड्दै 

logo
प्रकाशित २०७६ जेठ ३ शुक्रबार
purano-bullet1.jpg

काठमाडौं । सञ्चारकर्मी भीषण राईद्धारा निर्देशित नेपाली कथानक चलचित्र पुरानो बुलेट जापानमा प्रदर्शन हुने भएको छ । पुरानो बुलेटका लागि नमस्ते चिवा जापानले प्रिमियर शो गर्न लागेको हो । 

फुनावासी सि ४–१९–६ किनरो सेन्टरमा जुलाई ७ का दिन प्रदर्शन गर्न लागिएको पुरानो बुलेटको सम्पूर्ण तयारी पुरा भएको नमस्ते चिवाले बताएको छ । 

नमस्ते चिवामा विरेन्द्र विष्ट, पवन लामा, खगेन्द्र भट्ट र राजेश मैनाली सदस्य रहेको टोलीले जापानमा उक्त चलचित्र प्रदर्शन गर्ने जिम्मेवारी सम्हालेका छन् । 

चैत्र १ गते बाट प्रदर्शनमा आएको चलचित्र ‘पुरानो बुलेट’को नेपालमा प्रदर्शन भएको झन्डै दुई महिना पश्चात् जापानमा चलचित्रको स्पेसल शो हुन लागेको हो । नमस्ते चिवा जापानले प्रदर्शन गर्न लागेको ‘पुरानो बुलेटको टोकियोमा र अरु शहरमा पनि प्रदर्शन हुने निर्देशक भीषण राईले बताएका छन् । 

फेमिली ड्रामा पस्कने फिल्ममा अनुप विक्रम शाहीसंगै वर्षा शिवाकोटी, माला लिम्वु, कविता आले, कृष्णभक्त महर्जन, शिव मुखिया, वारात लिम्वु, युडी गुप्ता, बादल श्रेष्ठ र करण धितालको अभिनय रहेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ