arrow

ला लिगा रोचक मोडमा : बार्सिलोना रोकियो, रियाल मड्रिड उपाधि होड नजिक

logo
प्रकाशित २०७२ चैत ८ सोमबार
la-luga-@@.jpg.jpeg
एजेन्सी । स्पेनिश लिग ला लिगा फुटबलमा भल्लिारियलले बार्सिलोनालाई बराबरीमा रोकेको छ । लगातार उत्कृष्ठ लय जारी राखेको बार्सा आइतबार भिल्लारियलको मैदानमा भएको खेलमा अंक बाँड्न बाध्य भएको हो । पहिलो हाफ अघि २–० को अग्रता लिएको बार्साका लागि इभाँ राकिटिच र नेमारले गोल गरे । खेल अवधिभर दुई स्टार लियोनल मेसी र लुइस सुआरेज भने ओझेलमा परे ।  दोस्रो हाफ भिल्लारियलको पक्षमा रहयो ।
 
भिल्लारियलका सेड्रिक बाकाम्बु र रेजेमी म्याथ्युले एक–एक गोल गर्दै बार्साको  २–० को अग्रतालाई २–२ मा ल्याए । पछी दुवै टोलीले गोल गर्न सकेनन् । यो बराबरीसंगै बार्साकाे अग्रता अझ मजबुद बनाउने प्रयत्न विफल भएको छ । यस्तै, एथ्लेटिक बिल्वाओलाई इस्पानियोलले २–१ ले हराउँदा भ्यालेन्सिया सेल्टाभिगोसंग २–० ले पराजित भएको छ । उता, तेस्रो स्थानको रियाल मड्रिले सेभियालाई ४–० ले हराउँदै दोस्रो स्थानको एथ्लेटिको मड्रिडसंग अंक दुरी कम गरेको छ ।
 
एथ्लेटिकोसंग रियालको १ अंकको मात्रै फरक छ । यो जितले रियाललाई उपाधि होड नजिक ल्याएको छ । ३०औं चरणका खेल संकिदा लिगको अंक तालिकामा ३० खेलबाट बार्सिलोनाको ७६ अंक भएको छ । दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ६७ अंक छ भने, तेस्रो स्थानको रियाल मड्रिडको ६६ अंक भएको छ । योसंगै ला लिगा रोचक मोडमा पुगेको छ । 
The keeper criticised the linesman after the game - 'he is 15 metres away and should have seen that,' he said
 
Asenjo goes to ground and cleanly parries the ball away, but the referee inexplicably judged it to be a foul 
 
Key man Lionel Messi was below-par for Barcelona as they threw away their two-goal advantage 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ