रसायन विज्ञानका यी आश्चर्य !

प्रकाशित मिति : २०७६ जेठ ४ शनिबार
तस्बिर : फाइल

काठमाडौं। रसायन विज्ञान विज्ञानको त्यस्तो खण्ड हो, जुन जो कोहीको लागि पनि जान्नु बहुत जरुरी छ। रसायन विज्ञान हाम्रो प्रतिदिनको काममा ठूलो काम आउँने गरेको छ। अरु विज्ञान नियमित मानव जीवनको लागि प्रयोगमा नआउने भएपनि रसायन विज्ञानले हाम्रो खानपिन र यतिसम्म कि हामीले जति पनि कुराहरु देखिरहेका हुन्छौं, ती सबै रसायन विज्ञान हो। दुनियाँमा ९६ प्रतिशत रसायनहरु कार्वनबाट बनेको छ।

यसबाट हामीले सजिलै अन्दाज लगाउन सक्छौं कि रसायन विज्ञानको महत्व हाम्रो जीवनमा के हो ? रसायन विज्ञान हाम्रो जीवनको एक नदेखिएको यस्तो बस्तु हो जुन हाम्रो हरेक एक कदममा हाम्रो साथमा चल्दछ। शरीरको भित्र हुने गरेको रासायनिक प्रक्रियामा रसायन विज्ञानले एकदमै ठूलो भूमिका निभाएको छ। यसभन्दा पहिले जीव-जन्तुहरुको बारेमा, अन्तरिक्षको बारेमा, सौर-मण्डलको ग्रहहरुको बारेमा सामान्य जानकारीहरु उल्लेख गरिएको छ।

रसायन विज्ञानको महत्व 
हाम्रो शरीर पनि साना साना रसायनको परमाणुहरुबाट बनेको हुन्छ। यी परमाणुहरुको संरचनालाई बुझ्नका लागि रसायन विज्ञानले अहम भुमिका खेलेको हुन्छ। हरेक एक प्रकारको अति-परमाणु, परमाणु र तत्वहरुलाई हामी रसायन विज्ञानको नियमहरुको आधार मान्न सक्दछौं।

भौतिक विज्ञानबाट सिर्फ हामी प्रकृतिमा घट्ने गतिविधिहरुलाई सम्झन सक्दछौं। तर, बिना रसायन विज्ञानको जीवन र प्रकृतिको भित्र घट्ने प्रतिक्रियाहरुलाई बुझ्न सकिन्छ। एक रसायन विज्ञान नै यस्तो विज्ञान हो जसले हाम्रो सबै कुराहरु सहि तरिकाले हरेक एक दृष्टिकोणले आकलन गर्न सक्दछ।

रसायन विज्ञानको भूमिका आजको यस आधुनिक युगमा समेत ठूलो गुरुत्वपूर्ण छ। हरेक एक उद्योगहरुमा यसको प्रयोग हुँदै आएको छ। प्लास्टिक उद्योगबाट लिएर बिजहरुको प्रस्तुतिसम्म हरेक ठाउँमा रसायन विज्ञानको बोलवाला छ। अधिकतम हाम्रो शरीर भित्र रहेको मेटाबोलिजम प्रक्रिया यही रसायन नै करामत हो। हाम्रो पृथ्वीको ठूलो हिस्सा रसायन विज्ञान बिना असम्भव छ। रसायन विज्ञानको अनौठो तथ्यहरुलाई यस लेखमा हामीले उल्लेख गर्ने प्रयास गरेका छौं। 

दुनियाका सबैभन्दा महंगो पदार्थ : नासका अनुसार पुरै ब्रह्माण्डमा सबैभन्दा महंगो मानिने पदार्थ एण्टिम्याटर हो। पृथ्वीमा एण्टिम्याटरको आवश्यकता छैन तर वैज्ञानिकहरुले प्रयोगशालामा थोरै मात्रामा एण्टिम्याटरको निर्माण गरेका छन्। एण्टिम्याटरको प्रयोग अंतरिक्षमा अर्को ग्रहहरुमा जाने विमानहरुको ईधनको रुपमा प्रयोग गर्न सकिने विश्वास वैज्ञानिकहरुले लिएको छ। तर यो प्रयोगमा भने आएको छैन। वैज्ञानिकहरुका अनुसार एण्टिम्याटरको प्राकृतिक उत्पती ब्लाक होलद्वारा ताराहरुलाई दुई हिस्सामा चीरिने क्रममा एण्टिम्याटरको पार्टिकल उत्पन्न हुने बताएका छन्। यसको अतिरिक्त कृतिम रुममा भने लार्ज ह्याड्रोन कोलाइडर जस्तो उच्च ऊर्जा उत्पादन गर्ने मेसिनबाट एन्टी पार्टिकल उत्पन्न गर्ने प्रयास पनि भइरहेको बताइएको छ।

एक ग्राम एण्टिम्याटरको मुल्य करिव ६२.५० ट्रिलिएन डलर पर्न आउछ। एण्टिम्याटर प्रयोग बारे अझै अनुसन्धान भइरहेको छ। हालसम्म १५ न्यानोग्राम एण्टिम्याटर निर्माग गर्न वैज्ञानिकहरु सफल भएका छन्। जसबाट ४ घण्टा बिजुली बाल्न सकिन्छ। अर्को महंगो पदार्थको हो इन्डोहेड्रल फुलरेन्स। यस पदार्थको एक ग्रामको मूल्य एक सय ३६ मिलियन डलर पर्छ। 

र्‍याल विना कुनैपनि कुरा चाख्न सक्दैनौं : हामी सबैलाई जानकारी भएकै कुरा हो। हाम्रो शरीर भित्र अवस्थित रहेको टेस्ट बडबाट हामी कुनैपनि बस्तुको स्वाद चाख्न सक्दैनौं। तर के तपाईहरुलाई थाहा छ ? र्‍याल विना कुनैपनि खानेकुराको स्वाद थाहा पाउन सकिदैन।

हावा पनि हुनसक्छ तरल : हामी सबैले साधारण परिस्थितिमा पानीलाई तरल अवस्थामा देखेका छौं। तर, कतिपयलाई थाहा नहुन सक्छ -१९० सेन्टिग्रेटको तापमानमा हाम्रा चारैतर्फको हावा पनि तरल हुन पुग्छ।

हातको स्पर्षले पग्लिने पदार्थ : हामीले थर्मोमिटरमा प्रयोग गर्ने पारोलाई त देखिरहेकै हुन्छौं। त्यो साधारण अवस्थामा ब्रोमिनको अतिरिक्त एक मात्र धातु हो जो तरल अवस्थामा रहन्छ।  तर, ग्यालियम नामको एक धातु हुन्छ, जहाँ हाम्रो हातले छुनेवित्तिकै पग्लिन पुग्छ वा तरल अवस्थामा परिवर्तित हुन पुग्दछ। यसको मेल्टिङ विन्दू मात्र २९.७६ सेन्टिग्रेट हुन्छ।

डायमिटर बनाउनमा प्रयोग हुन्छ बदाम : डायमिटरको प्रस्तुतिमा बदामको समेत प्रयोग गरिन्छ। तर, बदामबाट नाइट्रोग्ल्यासिरिन नामक एक विस्फोटक तरल पदार्थ बनाइन्छ। जो डायनामाइटमा प्रयोग गरिन्छ। 

नुनिलो पानीबाट बन्छ खाने पानीको बरफ : समुन्द्रको नुनिलो पानीलाई यदि घरको फ्रीजमा जम्मा गरेर राख्यौं भने त्यसबाट बन्ने बरफ खाने पनि हुन्छ। यस्तो हुनुको कारण खाने पानीको फ्रिजिङ विन्दू। खाने पानी नुनिलो पानी भन्दा छिटो जम्छ र नुनिलो पानी जम्नको लागि एकदमै कम तापमान जरुरत पर्दछ।

दुनियाँको सबैभन्दा भारी धातु : अहिलेसम्म शायद हामीले फलामले भरिएको धातुलाई नै सबैभन्दा भारी धातु मान्ने गरेका छौं। तर, रसायन विज्ञानको तथ्यले यसलाई स्वीकार गर्दैन। अणुनोक्टियम धातु दुनियाँको सबैभन्दा भारी धातु हो।

कोकाकोलामा पहिले कोकिन मिलाइन्थो : सन् १९९० सम्म कोकाकोलामा कोकिन जस्ता नशालु पदार्थको प्रयोग गरिएको थियो। तर, अहिले यसमा कोकिन मिसाइँदैन। 

कागती यस फलभन्दापनि गुलियो : रसायन विज्ञानको यो तथ्य पनि हामीलाई अचम्मको लाग्न सक्छ। जतिबेला स्टाबेरी भन्दा कागती बढी स्वादिलो हुन्छ किनकि स्टाबेरीको भन्दा बढी गुलियो कागतीमा पाइन्छ। 

मंगलको रातो रङ्ग : मंगल ग्रहको रंग रातो छ। यो धेरैलाई जानकारी भएकै कुरा हो। तर किन ? यो कुरा धेरैलाई थाहा नहुन सक्छ। यसको पछिको राज मंगलमा भित्र नै लुकेको छ। जस्तो कि धर्तिको धेरैजसो पदार्थ कार्बनबाट बनेको छ। ठीक त्यसैगरी मंगलको धेरैजसो पदार्थमा आइरन अक्साईड पाईन्छ। सजिलो भाषामा भन्दा आइरन अक्साइडलाई हामी फलाममा लाग्ने खिया पनि भन्छौ। सोही कारणले मंगल ग्रह रातो हुन्छ।

प्राकृतिक रुपमा पकाउने ग्यास : प्रायजसो देखिन्छ कि फल र सब्जीहरुलाई समयभन्दा पहिले परिपक्व गराउनको लागि केमिकल पदार्थहरुको प्रयोग गरिन्छ । तर, स्याउमा पाईने इथिलेन नामक एक ग्यास प्राकृतिक रूपबाट नै सबै फलहरुलाई पकाउन सक्छ। यही कारणले स्याउको साथमा रहेको अरु फलहरु पनि छिट्टै पाक्ने गर्दछ। 

सुख्खा बरफ पानीबाट बन्दैन : यदि कसैले सुख्खा बरफ केबाट बन्छ भनेर सोध्यो भने के होला जवाफ ? धेरैले दिनसक्छन् पानी हो भनेर। तर, त्यसो होइन सुख्खा बरफ पानीबाट नभई कार्वनडाइ अक्साइडबाट बन्दछ। 

अन्तरिक्षमा पानी जम्दछ या वाफ बनेर उड्छ : रसायन विज्ञानको अर्को दमदार कुरा अन्तरिक्षमा देखिन्छ। अन्तरिक्षको तापमान एकदमै चिसो हुन्छ। तर, यदि हामी एक बोतल पानीलाई सिधा रुपले अन्तरिक्षमा खोलेर बाहिर फ्याकिदियौं भने पानी बरफ बन्नुभन्दा पहिले बाफ बनेर उड्न पुग्दछ र वाफ बनेपछि तुरुन्त फेरि बरफ बनेर जम्न पुग्दछ। यसबाट यो पत्ता लाग्न सक्छ कि पानीलाई वाफ बनाउनेको लागि तापमान होइन कि एक निर्धारित दबावको आवश्यकता पर्दछ। 

मनुष्यको शरीर बनेको ६ उपदानबाट : दुनियामा प्राकृतिक रूपले ९४ प्रकारका रसायन पदार्थ पाइन्छ। त्यसमा पनि ६० वटा रसायनबाट हाम्रो शरीर बनेको छ। तर, आश्चर्यको कुरा यो पनि हो कि यी ६० पदार्थहरु मध्येपनि मात्र ६ पदार्थले हाम्रो शरीरको ९८.७ प्रतिशत हिस्सा ओगटेको छ। जसमा ६५ प्रतिशत अक्सीजन, १८.५ प्रतिशत कार्बन, ९.५ प्रतिशत हाइड्रोजन, ३.२ प्रतिशत नाइट्रोजन, १.५ प्रतिशत क्याल्सियम, १.० प्रतिशत फस्फोरस रहेको छ।

नयाँ