arrow

डोटीमा नेकपाका नेता थापा पक्राउ

logo
प्रकाश बम I
प्रकाशित २०७६ जेठ ४ शनिबार
biplab-maobadi.jpeg

डोटी। डोटीमा विप्लप नेतृत्वको नेकपाका एकजना कार्यकर्तालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने कार्यकर्ता प्रकाश थापा रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

बडीकेदार गाउँपालिका–४ भमरास्थित घरमै रहेको अवस्थामा उनलाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो। पक्राउपछि उनलाई शनिवार दिउँसो जिल्ला प्रहरी कार्यालय सिलगढी पुुर्याइएको छ ।

सोधपुछ र बयानपछि उनलाई आवश्यक कारबाही चलाईने प्रहरी उपरीक्षक बिद्यानन्द माझीले जानकारी दिए। प्रारम्भिक रुपमा बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयको आगजनीका बिषयमा सोधपुछ गरिने  उनले बताए।

बडीकेदार गाउँपालिका–४ को वडा कार्यालयमा बैशाख २३ गते राती अज्ञात समुहले आगजनी गरेको थियो । त्यो आगजनीका संलग्नहरु अझै पत्ता लागेको छैनन् । आगजनीमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुको संलग्नता रहेको आशंका गरिएको छ । यद्यपी सो पार्टीले भने अझै घटनाको जिम्मेवारी लिएको छैन् । 

बडीकेदार गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाको सक्रियता बढ्दो छ । केही समयअघि मात्रै बडीकेदार गाउँपालिकाको केन्द्र खड्यौलीमा राखिएको अस्थायी प्रहरी चौकी हटाउन उर्दी जारी गरेको थियो ।

गाउँपालिका क्षेत्रमा विप्लव कार्यकर्ताको सक्रियता बढीरहँदा स्थानीय जनप्रतिनिधीहरु त्रसित छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ