arrow

युरोप, अमेरिका जान खोज्ने युवालाई यसरी फसाउँछन् दलाल ?

logo
किरण भट्टराई,
प्रकाशित २०७२ चैत ८ सोमबार
bidesh-jane.jpg.jpeg
काठमाडौ । युरोप र अमेरिकामा रोजगारीको प्रलोभन देखाउँदै युवालाई ठग्नेहरुको सङ्ख्या बढ्दै गएको पाइएको छ । महानगरीय अपराध महाशाखाका अनुसार विदेश जान प्रवेशाज्ञा लाग्ने र त्यहाँ रोजगारीे सुनिश्चित हुने लगायतका आश्वासन बाँडेर मोटो रकम असुल्ने तर विदेशमा नपठाउने, पठाए पनि भने अनुसारको सेवा सुविधा नदिलाउने जस्ता समस्या बढी देखिएका छन् । 
 
ललितपुर बस्ने प्रवेग डङ्गोलले आफू इसाई धर्मको पास्टर भएको तथा गिर्जाघरमार्फत अमेरिका पठाइदिन्छु भन्दै आङछिरिङ शेर्पाबाट ४७ लाख रुपैयाँ उठाए । रकम दिएपछि अमेरिका जाने र धेरै पैसा कमाउने सपना देखेका शेर्पाले धेरैपछि मात्रै आफू ठगिएको चाल पाए र प्रहरी गुहार्न पुगे । 
 
झापा घर भई हाल ललितपुर, बालकुमारी बस्दै आएका विजयराज खड्काले सागर नेपाली समेत ६ जना व्यक्तिबाट सिङ्गापुर पठाइदिने आश्वासनमा ६ लाखका दरले ३० लाख रुपैयाँ उठाए । ती युवालाई सिङ्गापुर पठाउनुको साटो आफैँ सिङ्गापुर भाग्न लागेको अवस्थामा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको प्रतीक्षा कक्षबाट महाशाखाको टोलीले खड्कालाई गत पुस २० गते पक्राउ गर्‍याे । महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले खाडी मुलुकको ठगीको घटनामा म्यानपावर कम्पनीको बढी संलग्नता देखिए पनि युरोप, अमेरिका पठाउने भनी ठगी भएका घटनामा व्यक्तिगत दलालको बढी संलग्नता देखिएको बताउनुभयो । 
 
ठगीका थरीथरी रुप 
शैक्षिक परामर्श केन्द्रका रुपमा खुलेका संस्थाबाट समेत ठगीका धेरै घटना देखिएको प्रमुख खनालले बताउनुभयो । महाशाखाले ठगीको आरोपमा दर्जनाै‌ यस्ता केन्द्रमा केही समयअघि छापा मारेर केही सञ्चालकलाई नियन्त्रणमा लिएपछि पछिल्लो समय ठगीमा केही कमी आएको बताइन्छ । 
 
गोङ्गबुस्थित आरडिसी एजुकेसन कन्सल्टेन्सीका सञ्चालक सोमराज घलेले गणेश अधिकारीबाट रु ११ लाख ५० हजार लिई कामदार प्रवेशाज्ञामा जापानको चाउचाउ कम्पनीमा काम लगाइदिने भनी पठाएकामा त्यहाँ काम नपाई उनले उल्टै जेल जानुपर्यो । काठमाडौँ नयाँ बानेश्वरमा रहेको अहेड इन्टरनेसनल एजुकेसनका सञ्चालक निरज राईले चिलीमा ४२ जना विद्यार्थीलाई अध्ययनका लागि पठाए । त्यसरी पठाउँदा पार्ट टाइम रोजगारीमा लगाइदिने र त्यहाँबाट अमेरिका, क्यानडा लगायतका देश पठाउने आश्वासन दिइएकामा सो अनुरुप नभएपछि विद्यार्थीले दिएको उजुरीका आधारमा महाशाखाले राईलाई पक्राउ गर्‍याे । 
 
विदेश पठाउने भनी ठगी गर्ने मात्रै होइन विदेश पठाउनका लागि लगाइएको प्रवेशाज्ञा नै नक्कलीसमेत भेटिने समेत गरेका छन् । काठमाडौँमा रहेको वल्र्ड एन्ड मेमोरियल एजुकेसन कन्सल्टेन्सीका सञ्चालक युवक राईले रवी रोक्का, शान्तिकुमारी छत्यालसहित तीनजनाको राहदानीमा रुसको प्रवेशाज्ञा लगाइदिए । रुस जान पाइयो भनी मख्ख भएका उनीहरु सो प्रवेशाज्ञा नक्कली रहेको पुष्टि भएपछि छाँगाबाट खसेजस्तै भए । 
 
नुवाकोट धानसिंह घर भई हाल ललितपुर बस्ने पारस लोहनीले कास्की, पोखरा घर भएका हरिप्रसाद गुरुङ, निसान गुरुङ, कुमार गुरुङ र सबिन गुरुङलाई पोेर्चुगलमा पानी जहाजमा मासिक रु एक लाख कमाई हुने प्रलोभन देखाई प्रतिव्यक्ति रु ११ लाखका दरले रकम लिई पठाए तर पोर्चुगल जान जर्मनीको विमानस्थल पुग्दा ती कागजात नक्कली भएको पाइयो । दुई दिन थुनामा बसेर उनीहरु नेपाल फिर्ता भए । लोहनीलाई चैत ४ गते महाशाखाले पक्राउ ग¥यो । 
 
सिन्धुपाल्चोक बस्ने भीमसेन श्रेष्ठ र कान्छा श्रेष्ठलाई क्यानडा तथा हस्तबहादुर श्रेष्ठलाई चेक गणतन्त्र पठाइदिने भनी रु १५ लाख ठगी गर्ने देवेन्द्रकुमार बर्तौलालाई काठमाडौँ, ठमेलबाट प्रहरीले पक्राउ गर्‍याे । अनुसन्धानका क्रममा बर्तौलाले सिन्धुपाल्चोक बाह्रबिसेका हरिशरण श्रेष्ठलाई संविधानसभाको सदस्य बनाइदिन्छु भन्दै पचास लाख रुपैयाँसमेत ठगी गरेको खुल्यो । 
 
युरोप र अमेरिका मात्रै होइन खाडी मुलुक कतारमा समेत मोटो रकम लिएर ठग्ने गरिएको भेटिएको छ । गोरखा छोप्राक घर भई हाल काठमाडौँ धापासी बस्ने उमेश गुरुङलाई दुबईमा पानीजहाजमा काम लगाइदिने भनी १४ लाख ६४ हजार रुपैयाँ ठगी गरेको उजुरीका आधारमा महाशाखाले पक्राउ गर्‍याे। 
 
ठगीमा महिला पनि 
वैदेशिक रोजगारीमा ठगी गर्नेमा पुरुष मात्रै होइन महिलाको पनि उल्लेख्य सहभागिता देखिएको छ । महाशाखामा महिलाविरुद्ध पनि ठूलो सङ्ख्यामा उजुरी पर्ने गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । म्याग्दी पाखापानी घर भई हाल ललितपुर कुपन्डोल बस्ने दुर्गा भट्टचन र कास्की पोखराकी लक्ष्मी जिसीले दीपक पौडेलबाट १७ लाख ५० हजार रुपैयाँ लिएर कात्तिक २२ गते जापान पठाए । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा जाँचका क्रममा नक्कली प्रवेशाज्ञा रहेको भेटिएपछि पौडेल पक्राउ परे । 
 
दाङ, भरतपुर घर भई ललितपुर कुमारीपाटी बस्ने अनिता थापाले अमेरिका पठाइदिने तथा राष्ट्रिय अनुसन्धान विभागमा जागिर मिलाइदिने भनी विभिन्न व्यक्तिलाई ठगी गरेको तथा बूढानीलकण्ठ बस्ने पार्वती खड्काले गोपालप्रसाद घिमिरेलाई कतार पठाइदिने भनी दुई लाख ठगी गरेको उजुरीका आधारमा प्रहरीले दुबैलाई पक्राउ गर्‍याे । भेरी एन्ड कर्णाली इन्टरनेसनल म्यानपावर कम्पनीका सञ्चालिका कल्पना राउतलाई फागुन १२ गते ठगीको आरोपमा प्रहरीले पक्राउ गरेपछि उनी विरुद्ध प्रहरीमा उजुरीको चाङ नै लाग्यो । उनीबाट पीडित भएको भन्दै तीसजना भन्दा बढी व्यक्ति महाशाखाको सम्पर्कमा आएका छन् । 
 
वैदेशिक रोजगारीमा पीडित भएकालाई निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएको संस्था ‘मानवअधिकारका लागि जनमञ्च’का अध्यक्ष सोम लुइँटेल वैदेशिक रोजगारीसम्बन्धी ऐन २०६४ ले ठगी भएको प्रमाणित भए पीडकलाई तीन वर्षदेखि सात वर्षसम्म जेल र तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरेको जानकारी दिनुभयो । 
 
ऐनले ठगी गरिएको रकमकोे पचास प्रतिशत ब्याजसहित रकम फिर्ता, विदेश जाँदा र आउँदा खर्च भएको हवाई भाडासमेत तिर्नुपर्ने व्यवस्था गरेको छ । वैदेशिक रोजागर ऐनबाहेक मुलुकी ऐनको ठगी महल र मानव तस्करी लगायतको मुद्दामा समेत पीडकविरुद्ध मुद्दा हाल्न पाउने कानुनी व्यवस्था छ ।
 
ठगीका उजुरीमध्ये आधा वैदेशिक रोजगारीका 
महानगरीय अपराध महाशाखाले चालु आर्थिक वर्ष २०७२-७३ को अहिलेसम्मको अवधिमा परेका ठगीका उजुरीमध्ये करिब आधा वैदेशिक रोजगारीसँग सम्बन्धित छन् । महाशाखामा परेका ठगीका ४५० उजुरीमध्ये करिब दुई सय उजुरी ठगीका छन् । महाशाखाले यो अवधिमा म्यानपावर कम्पनी, शैक्षिक परामर्श केन्द्रका सञ्चालक र व्यक्तिगत गरी ४१ मुद्दा चलाएको छ । 
 
महाशाखाका अनुसार अमेरिकाको आश्वासन दिने पाँच, जापानको चार, क्यानडाको तीन, युरोपेली मुलुकको पाँच, खाडी मुलुकको १५, रुसको दुई, अफ्रिकी मुलुकको एक तथा अस्ट्रेलिया, थाइल्यान्ड, सिङ्गापुर र भारतको एक÷एकजनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । खाडी मुलुकसम्बद्ध अधिकांश मुद्दा म्यानपावर कम्पनीसँग सम्बन्धित छन् भने अन्य मुलुकसम्बन्धी मुद्दा शैक्षिक परामर्श केन्द्र र व्यक्तिगत एजेन्टका हुन् । चालु आर्थिक वर्षको अहिलेसम्म अमेरिका पठाउने ठगीको घटनामा एक करोड २७ लाख, जापानमा ४९ लाख, क्यानडामा ३९ लाख, युरोपेली मुलुकहरुमा ४९ लाख, खाडी मुलुकमा पाँच करोड ७७ लाख, रुसमा २२ लाख, अस्ट्रेलिया तीन लाख पचास हजार, थाइल्यान्ड तीन लाख ५० हजार, सिङ्गापुर तीस लाख माग दाबी गर्दै महाशाखाले मुद्दा दर्ता गरेको छ । 
वैदेशिकरुसमा २२ लाख, अस्ट्रेलिया तीन लाख पचास हजार, थाइल्यान्ड तीन लाख ५० हजार, सिङ्गापुर तीस लाख माग दाबी गर्दै महाशाखाले मुद्दा दर्ता गरेको छ ।
 
खाडी मुलुकसम्वद्ध अधिकांश मुद्दा म्यानपावर कम्पनीसँग सम्बन्धित छन् भने अन्य मुलुकसम्बन्धी मुद्दा शैक्षिक परामर्श केन्द्र र व्यक्तिगत एजेन्टका हुन् । चालु आर्थिक वर्षको अहिलेसम्म अमेरिका पठाउने ठगीको घटनामा एक करोड २७ लाख, जापानमा ४९ लाख, क्यानडामा ३९ लाख, युरोपेली मुलुकहरुमा ४९ लाख, खाडी मुलुकमा पाँच करोड ७७ लाख, रुसमा २२ लाख, अस्ट्रेलिया तीन लाख पचास हजार, थाइल्यान्ड तीन लाख ५० हजार, सिङ्गापुर तीस लाख माग दाबी गर्दै महाशाखाले मुद्दा दर्ता गरेको छ । 
 
वैदेशिक रोजगारीको ठगीसम्बन्धी उजुरी हेर्ने मुख्य निकाय वैदेशिक रोजागर विभागमा अहिलेसम्म सात हजारभन्दा बढी उजुरी परेपनि निकै थोरै उजुरीको मात्रै फरफारक हुने गरेको छ । महाशाखाका प्रमुख खनालका अनुसार जसरी पनि विदेश जाने र धेरै धन कमाउने महत्वाकाङ्क्षाका कारण आँखा चिम्लेर दलाललाई रकम दिँदा युवा ठगिएको धेरै घटना देखिएका हुन् । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ