arrow

समाज यूकेद्धारा गाउँको कला संस्कृतिको संरक्षण र प्रर्वद्धनका लागि सहयोग

logo
कौरव खत्री, 
प्रकाशित २०७६ जेठ ५ आइतबार
hira_thapa.jpg

बाग्लुङ्ग । पाण्डवखानी समाज यूकेद्धारा गाँउको एक संस्थालाई नगद आर्थिक सहयोग रकम हस्तान्तरण  गरिएको छ ।

शनिवार बाग्लुङ्गको गलकोट नगरपालिका १० पाण्डवखानीमा जन्मेर हाल यूकेमा छरिएर रहेका यस क्षेत्रका २९ जना व्यक्तिहरुले आर्थिक संकलन जुटाएर सोही नगरपालिकाको  वडा नं. १० पाण्डवखानीमा रहेको घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च पाण्डवखानीलाई शनिवार मञ्चको ३३ औ बार्षिक उत्सवको समापन समारोह पाण्डवखानी समाज यूकेका सह उपाध्यक्ष हिराबहादुर थापाद्धारा १ लाख ६३ हजार ६७५ रुपैयाँ नगद रकम मञ्चलाई हस्तान्तरण गरेका थिए ।

उक्क्त आर्थिक सहयोग स्थानीय कला संस्कृतिको संरक्षण र प्रर्वद्धर्नका गर्नका लागि सहयाग गरिएको पाण्डवखानी समाज यूकेका सह उपाध्यक्ष हिरा थापाले जानकारी दिए ।

उक्क्त रकमले मञ्च मार्फत स्थानीय कला संस्कृतिको संरक्षण र प्रर्वद्धर्नका लागि निकै सहयोग पुगेको घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च पाण्डवखानी का सचिव दिप घर्तीले जानकारी दिए ।

पाण्डवखानी समाज यूकेले विगत लामो विदेशमा रोजगारीको शिलशिलामा रहेर आफ्नो जन्मभूमि र गाँउठाँउ  सडक निर्माण तथा विद्यालयहरुको विकास र समृद्धिका लागि समाज यूकेले सहयोग आएको समाज यूके सह–उपाध्यक्ष थापाले जानकारी दिए  ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ