arrow

लेनोभोले बनायो पट्याउन मिल्ने स्क्रिन भएको ल्यापटप

logo
एजेन्सी
प्रकाशित २०७६ जेठ ५ आइतबार
foldable-laptop.jpg

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी लेनोभोले विश्वको पहिलो पट्याउन मिल्ने स्क्रिन भएको ल्यापटप बनाएको छ । कम्पनीले पछिल्लो ३ वर्षदेखि यस किसिमको ल्यापटपका लागि काम गरिरहेको थियो । परीक्षणपछि यसलाई सन् २०२० मा विश्व बजारमा यसलाई सार्वजनिक गरिनेछ । 

लेनोभोका अनुसार यस किसिमको डिभाइस आएपछि मानिसहरुलाई ट्याबलेट र ल्यापटप राख्नु जरुरी हुने छैन । 
लोनोभोले निर्माण गरेको यो ल्यापटपमा १३ दशमलव ३ इन्चको २के रेजुलोशन सपोर्ट गर्ने ओएलईडी स्क्रिन हुनेछ । 

यो ल्यापटप पट्याउँदा स्क्रिनको बीच भागबाट पट्याउन सकिन्छ । यदि प्रयोगकर्ताले ल्यापटपमा टाइपिङ गर्न खोजेको अवस्थामा भर्चुअल की–बोर्ड आफैं बन्नेछ । तर, कम्पनीले यो ल्यापटपका साथै एक वायरलेस की–बोर्ड पनि दिनेछ । 

यसलाई अन्य ल्यापटपजस्तै सहजरुपमा प्रयोग गर्न सकिन्छ । पट्याउँदा यो ल्यापटप एक डायरी जस्तो देखिन्छ । यसमा एक ट्र्याकप्याड पनि राखिएको छ । 

लेनोभोले यो ल्यापटपको हार्डवेयरको विषयमा भने कुनै खुलासा गरेको छैन । यसमा भिडियो च्याटका लागि क्यामेरा पनि हुनेछ ।

यसले विन्डोज १० अपरेटिङ सिस्टममा काम गर्नेछ । कम्पनीका अनुसार यसलाई फुल चार्ज गरेर एक दिनभर प्रयोग गर्न सकिन्छ । अहिलेसम्म यसको मूल्यको विषयमा भने कुनै जानकारी दिइएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ