arrow

अलिबाबा र टेन्सेन्टलाई किन छैन हुवावेईको जस्तो समस्या ?

logo
एजेन्सी,
प्रकाशित २०७६ जेठ ५ आइतबार
alibaba-tencent.jpg

काठमाडौं। चिनियाँ इन्टरनेट कम्पनीहरु अलिबाबा र टेन्सेन्टको व्यापार पछिल्लो समय बढ्दो क्रममा छ। तर, यी कम्पनी अहिलेसम्म अमेरिका र चीनको बीचमा बढ्दो तनावको मारबाट बच्दै आएका छन्। जबकी चिनियाँ दूरसञ्चार उपकरण निर्माता हुवावेई तथा जेटीईजस्ता कम्पनीले दुई मुलुकको तनावको सामना गर्दै आएका छन्। यस्तोमा पछिल्लो समय हुवावेईले यसको सामना गरिरहेको छ। तर, अलिबाबा र टेन्सेन्टबारे किन अमेरिकाले कुरा उठाउँदैन त ?

महत्वपूर्ण कुरा अमेरिका–चीन सम्बन्ध चिसिँदै गएको मार चिनियाँ कम्पनीलाई पर्ने गर्छ। विशेषगरी अमेरिकी कम्पनीसँगको प्रतिस्पर्धाको मामिलामा यसले निकै हदसम्म काम गर्नसक्ने डीए डेभिसनका अनुसन्धान निर्देशक गिल लुरियाले बताए। 

उनका अनुसार अहिले हुवावेईको विषयमा गोपनीयता र बौद्धिक सम्पत्ति चोरीको आरोप लगाइएको छ। तर, हुवावेई अमेरिकी दूरसञ्चार उपकरण निर्माताको प्रमुख प्रतिस्पर्धी कम्पनी भएकाले अमेरिकाले प्रतिशोध साँधेको उनको भनाइ छ। 

अलिबाबा र टेन्सेन्टको उपस्थिति अमेरिकामा निकै कम रहेको कारण यी कम्पनीमा अमेुरिकाको आँखा नगएको उनले बताएका छन्। अलिबाबाका अध्यक्ष ज्याक माले अमेरिकासँगको राम्रो सम्बन्धका लागि अमेरिकी रोजगारीलाई पनि प्राथमिकता दिँदै आएका छन्। तथापि यी कम्पनी पनि सुस्ताउँदो चीनको अर्थतन्त्रको प्रभावबाट बच्न भने नसक्ने विश्लेषकहरुले बताएका छन्। चिनियाँ अर्थतन्त्र सुस्ताउनुमा अमेरिकासँगको व्यापारिक तनाव एक कारण हो। 

चिनियाँ कम्पनीमाथिको रोक
गत बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रविधिविरुद्धको जोखिमको कारण राष्ट्रिय आपतकालको घोषणा गरेका छन्। साथै उनले राष्ट्रिय सुरक्षामा खतरा हुनसक्ने कुनै पनि सूचना तथा प्रविधि कम्पनीसँगको कारोबार बन्द गर्न निर्देशन पनि दिएका छन्। अलिबाबा, टेन्सेन्ट र बैदूजस्ता कम्पनीले अमेरिकाको व्यापार विस्तार हुनुले अन्य चिनियाँ प्रविधि कम्पनी पनि आंशिकरुपमा प्रभावित हुनसक्ने बताइएको छ। 

तथ्यांक प्रदायक आईएचएस मर्किटका एसिया प्यासिफिकका प्रमुख अर्थविद् राजीव विश्वासले अमेरिकासँगको व्यापारिक द्वन्द्वले चिनियाँ निर्माता प्रभावित बन्नसक्ने बताए। पछिल्लो समय विश्वका प्रमुख दुई ठूला अर्थतन्त्रको बीचमा देखिएको प्रविधि युद्ध मे १० मा अमेरिकी फेडेरल कम्युनिकेशन कमिशनले चाइना मोबाइलको निवेदन अस्वीकार गरेसँगै देखिएको हो। चछाइना मोबाइलले अमेरिकामा सञ्चार सेवा प्रदानको योजना अघि सारेको थियो।

उक्त निर्देशनपछि अमेरिकाको वाणिज्य मन्त्रालयले हुवावेई तथा उसका सहयोगी मुलुकलाई अमेरिकामा व्यापारको लागि थप कठिन हुने गरी ब्यूरो अफ इन्ड्युस्ट्रि एण्ड सेक्युरिटी (बीआईएस) एन्टिटी सूचीमा समावेश गरेको थियो।

गत बुधवारको कदमले आगामी दिनमा अमेरिका–चीन व्यापारवार्ताबारे आशंका देखिएको यूरासिया ग्रुपका विश्लेषक पाउल ट्रिओलोले बताए। उनले अहिलेको अवस्थालाई निकै सावधानीका साथमा ह्याण्डल गर्न नसकिएको अवस्थामा चीन र अमेरिकी कम्पनीले थप जोखिमको सामना गर्नुपर्ने उनको भनाइ छ। 

अमेरिकाले हुवावेईमाथि चालेको कदम पूर्णरुपमा कार्यान्वयन भएको खण्डमा हुवावेईका विश्वभरका ग्राहक आंशिकरुपमा प्रभावित हुनेछन्। अमेरिकी आपूर्तिकर्ता कम्पनी विना हुवावेई हुवावेईले आफ्नो सफ्टवेयर अपग्रेट गर्न सक्दैन। साथै मर्मतसम्हार र हार्डवेयर विस्थापनको काम  पनि गर्न सक्दैन।

विश्वासले हुवावेई र अन्य चिनियाँ नेटवर्क उपकरण प्रदायक कम्पनीमाथि दीर्घकालीनरुपमा नै अमेरिकी अंकुशको सामना गर्नुपर्ने बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनको कारण चिनियाँ कम्पनीले अमेरिकाको सहयोगी मुलुकमा पनि विभिन्नि किसिमको अवरोधको सामना गर्नुपर्ने अवस्था आउने देखिन्छ। विशेषगरी बेलायत र पश्चिमी युरोपेली मुलुकले पनि हुवावेईको ५जी उपकरणमाथि प्रतिबन्धको निर्णय गरेका छन्। 

अमेरिकाले पनि हुवावेईका उपकरण प्रयोग नगर्न आफ्ना सहयोगी मुलुकलाई मनाउने प्रयास गरिरहेको छ। अमेरिकाले हुवावेईका उपकरणमा राष्ट्रिय सुरक्षाको जोखिम रहेको दाबी गर्दै आएको छ। साथै उसले चीनको लागि यसबाट जासुसी गर्ने अमेरिकाको ठम्याइ छ। तर, हुवावेईले भने यो आरोपको खण्डन गर्दै आएको छ। अमेरिकासँगको राष्ट्रिय सुरक्षाको विषय सहजै शान्त पनि नहुने विश्लेषकहरुले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ