arrow

व्यापार क्षेत्रबाट पनि मानवअधिकार सम्बर्धनका लागि योगदान दिन जोड 

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
jci.jpg

काठमाडौं । सरोकारवालाहरुले व्यापार क्षेत्रबाट पनि मानवअधिकार सम्बर्धनका लागि ठोस योगदान हुनुपर्नेमा जोड दिएका छन् । 

काठमाडौं जेसीजको ‘जेसीज सप्ताह २०७६’ का सन्दर्भमा आयोजित ‘व्यापार र मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले व्यापार क्षेत्रले मानव अधिकारका लागि महत्वपूर्ण योगदान दिन सक्ने उल्लेख गरे । 

पूर्व राजदूत शम्भुराम सिंखडाले विश्वभर मानव अधिकारको विषय पेचिलो बन्दै गएकोले हरेक क्षेत्रमा मानवता प्रदर्शन हुन आवश्यक रहेको बताए । 

राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले नेपालमा मानव अधिकारको क्षेत्र फराकिलो बन्दै गएको भन्दै व्यापार क्षेत्रले व्यवसायिक लाभमात्रै नहेरेर मानव अधिकारको सवाललाई पनि सम्बोधन गर्नुपर्ने बताइन् । 

कानून मन्त्रालयकी सह सचिव निर्मला अधिकारीले मानव अधिकार सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनको हरेक व्यक्ति, संस्था र प्रतिष्ठानले सम्मान गर्नुपर्ने बताइन् । 

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले मानव अधिकारप्रति व्यवसायीहरु गम्भीर रहेको तर राज्यस्तरबाटै व्यवसायी समेतको मानव अधिकारको रक्षा हुन नसकेको बताए । 

कार्यक्रममा युएनडिपिका टेक टमाटाले विश्वर व्यवसाय र मानव अधिकारलाई एक्ैसाथ अगाडि बढाउनेबारे भएका प्रयासबारे जानकारी गराएका थिए । 
जेसीज सप्ताहको समापनका सन्दर्भमा सान्दर्भिक विषयमा बहस गरिएको र बहसबाट सहभागिहरु लाभावन्दित भएको काठमाडौं जेसीजका अध्यक्ष जेसी भुवनकुमार श्रेष्ठले बताए । 

काठमाडौं जेसीजले यो वर्ष आफ्ना स्वर्ण महोत्सव विविध कार्यक्रम गरी मनाइरहेको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ