arrow

दक्षिण कोरिया जनसम्पर्क समितिले जनजागरण अभियान चलाउने        

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
South-Korea.jpg

सोल । यतिबेला नेपाली काँग्रेस जनजागरण अभियानमा ब्यस्त छ । उसको जनजागरण अभियान नेपालमा मात्रै होइन बिदेशमा पनि हुने भएको छ । यसको सुरुवात नेपाली काँग्रेसको अन्तर्राष्ट्रिय भ्रातृसंगठन जनसम्पर्क समिति दक्षिण कोरियाले गर्ने भएको छ। 

अन्तर्राष्ट्रिय भ्रातृ संगठनहरुमा क्रियाशील गतिविधि गर्दै आएको कोरिया समितिले नेपालीहरु समक्ष उक्त अभियान गर्न लागेको हो । रोजगारीको सिलसिलामा कोरियामा रहेका नेपाली समक्ष फुर्सदको समय निकालेर विभिन्न शहरहरुमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमहरु गर्ने थालेको सभापति आस्था बिन्दु मल्लले जानकारी दिइन् । 

कोरियाका आठ क्षेत्रमा रहेका क्षेत्रिय समितिहरुलाई लक्षित गरी अभियान चलाउन थालिएको पनि मल्ले बताइन् । अभियानको लागि लेखासमिति सभापति ,पुर्व मन्त्री  संघिय सांसद नेपाली काँग्रेसका राजन केसी कोरिया आउने आयोजकले जनाएको छ । 

जुन २ तारिख आईतबारबाट राजधानी सोलस्थित नेपाल हाउसबाट  सुरू हुने अभियान जनसम्पर्क समिति कोरियाका ८ वटै क्षेत्रमा जागरण अभियान  हुने  जनसम्पर्क समिति दक्षिण कोरियाका कार्यवाहक महामन्त्री मित्रबन्धु काफ्लेले बताए ।

करिव ५० हजार नेपाली रहेको दक्षिण कोरियामा यो अभियानले पाटीैलाई केहि जागरण पैदा हुने अपेक्षा जनसम्पर्क समितिले लिएको छ । साथै पायक पर्ने स्थानको जागरण अभियानमा सहभागी हुन पनि सबैलाई आयोजकले अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ