arrow

मलेसियाविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि राष्ट्रिय टोली तयार, अनिल गुरुङ, कर्ण लिम्बु, परेनन्

रोहित चन्द, बिमल घर्तीमगर, अन्जन बिष्ट पनि छैनन्

logo
प्रकाशित २०७२ चैत ८ सोमबार
nepali-teem-koji-Anfa.jpg.jpeg
काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ एन्फाले चैत १४ गते मलेसियाको यु–२२ टोलीसंग हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यातुको कोजीले २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । 
 
केही महिना अघि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जितेको टोलीकै खेलाडी बाहुल्य रहेको नयाँ टोलीमा तीन गोलकिपर, नौ डिफेन्डर, छ मिडफिल्डर र पाँच फरवार्ड छन् । यद्यपि, प्रारम्भिक चरणमा फरवार्डको पहिलो नम्बरमा रहेका अनिल गुरुङ भने यो टोलीमा परेनन् । नेपाली टोलीका भेट्रान स्ट्राइकर मानिने अनिल गुरुङ मलेसियाको यु–२२ टोलीविरुद्धको मैत्रीपूर्ण खेलका लागि तयार टोलीमा समावेश छैनन् । उता, घरेलु फुटबलका सफल स्ट्राइकर कर्ण लिम्बु नपर्दा भरत खवास भने चोटमुक्त हुँदै टोलीमा फर्किएका छन् ।  
 
प्रारम्भिक ४४ मा रहेका रोहित चन्द शल्यक्रिया भएका कारण टोलीमा अटाएनन् । अनन्त तामाङ्, बिमल घर्तीमगर र अन्जन बिष्ट युरोपियन टुरमा छन् । प्रारम्भिक चरणमा टोलीमा समावेश भएपनि उनीहरु बन्द प्रशिक्षणमा सहभागि हुन पाएन् । 
गोलकिपरमा विकेश कुथू, किरणकुमार लिम्बु र  विशाल श्रेष्ठ छन्  । यस्तै, डिफेन्डरमा विजय धिमाल, विराज महर्जन, देवेन्द्र तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, कमल श्रेष्ठ, मनबहादुर तामाङ, रविन श्रेष्ठ र रन्जित धिमाल छन् । 
मिडफिल्डमा विशाल राई, हेमन गुरुङ, जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी, सुजल श्रेष्ठ र सुनिल बल समावेश छन् । फरवार्डमा नवगुग श्रेष्ठ, रन्जन विष्ट, भरत खवास, विश्वास श्रेष्ठ र सुमन लामा छन् । 
 
अघिल्लो महिनामात्रै नेपाली टोलीको मुख्य प्रशिक्षण सम्हालेका जापानी पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका प्रशिक्षक कोजीले नेपालको फुटबल विकासका लागि सक्दो सहयोग गर्ने बचन दिए । फुटबलमा ‘नेपाली मोडेल’ स्थापित गराएर दक्षिण पूर्वी एसियास्तरमा लैजाने लक्ष्य सुनाउँदै कोजीले भने, ‘नेपालमा धेरै सीप र क्षमता भएका खेलाडी रहेछन् । म सबै खेलाडीलाई परीक्षण गर्दै फुटबलमा ‘नेपाली मोडेल’ स्थापित गराउन चाहन्छु ।’ 
 
एन्फा प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले एन्फाको सन् २०१६ भर प्रतिस्पर्धात्मक प्रतियोगिता नभएकाले टोलीलाई व्यस्त राख्न आपूmहरुले मैत्रीपूर्ण खेलको अवधारणा ल्याएको बताए । भारतमा भएको ११औं साफ च्याम्पियनसिपमा पराजित भएको नेपाली टोली सन् २०१७ को अन्तिममा बंगलादेशमा हुने १२औं साफअघि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि नहुने स्थितिलाई मध्यनजर गर्दै मैत्रीपूर्ण खेल खेलाईराख्नु पर्ने फुटबल पण्डितहरुको भनाई छ । दुई वर्ष नेपाली टोलीलाई थन्किन नदिन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरु भइरहनु पर्ने नेपाली फुटबल समर्थकहरुको धारणा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ