arrow

श्रीलंकायां संस्कृतभाषाया: स्थिति: कथं अस्ति ?

logo
प्रकाशित २०७६ जेठ ६ सोमबार
srilanka-sankrit.jpg

काष्ठमण्डप। लङ्कायाः लिखितः इतिहासः श्रीविजयनामकस्य राज्ञः कालात् आरभ्यते। ततः पूर्वं रावणसम्बद्धाः प्रवृत्तयः श्रीलङ्कीयेषु इतिहासग्रन्थेषु न दृश्यन्ते। केवलात् रामायणात् , किंवदन्तीतः चे जनाः रावणं जानन्ति। तथापि तेन सह सम्बद्धाभिः ताभिः कथाभिः एतत् ज्ञायते अस्माभिः यत् तस्मिन् समये अपि लङ्कायां संस्कृत भाषायाः प्रभावः आसीत् इति। रावणः अपि त्रिवेदी आसीत् इति श्रूयते।

विजयकुमारः अपि भारतदेशात् श्रीलङ्कां गतवान् अस्ति। तेन सह एव महान् परिवारः अपि तत्र गतः। तेषु संस्कृतनिपुणाः हिन्दुसमयानुगामिनः वेदनिपुणाश्च आसन् इति इतिहासे लिखितम् अस्ति। अनेन प्रकारेण अपौराणिकराज्यकालात् अद्यपर्यन्तम् अपि तत्र संस्कृतं स्थितं विद्यते।

किमर्थं तत्र संस्कृतभाषायाः आवश्यकता ?
संस्कृतभाषा न तु केवलं काचित् भाषा, प्रत्युत सा संस्कृतिसम्बद्धा अपि अस्ति। श्रीलङ्कायां संस्कृतिसम्बद्धेषु। विषयेषु भारतीयसंस्कृतेः प्रभावः दृश्यते। यदि धर्म शास्त्रसाहित्यशास्त्रकलासंस्कृतिविषयान् पृथक् कृत्वा कश्चित् पश्यति तर्हि तेषु सर्वेषु भारतस्य प्रभावः अनुसरणं च द्रष्टुं शक्यते। श्रीलङ्कीयाः एतेषां सर्वेषां मूलबीजं भारतात् गृहीत्वा तं स्वदेशस्य संस्कृतौ समावेशयन्ति स्म। अतः सर्वस्मिन् अपि क्षेत्रे भारतीय शिक्षासाहित्यसंस्कृतिकलादीनां प्रभावः अवलोक्यते।

भाषाविषये प्रभावः
संस्कृतं हि सिंहलभाषायाः अभि वर्धनार्थं सर्वदा अत्यन्तम् उपकारकम् अस्ति। तत्सम तद्भव-देशीयभेदैः समन्वितायाः सिंहलभाषायाः गद्येषु दृश्यमानाः तत्समशब्दाः प्रतिशतं नवतिः (९० % ) संस्कृतशब्दाः एव भवन्ति। अद्यापि अनेकैः प्रकारैः प्रतिदिनं सिंहलभाषायां प्रवेशं कुर्वतां संस्कृतशब्दानां परिमाणम् अपि महत् एव अस्ति। श्रीलङ्का देशीयानां बौद्धिकानां महतां विदुषां च व्याख्यानेषु संस्कृतशब्दानां संख्या भूयसी अस्ति। ग्रन्थेषु लेखनभाषा अपि द्विधा भवति ,शुद्धसिंहलभाषा मिश्रित-सिंहलभाषा चेति। तत्र मिश्रितसिंहलभाषा नाम संस्कृत-पालीमिश्रितभाषा। तत्रापि अधिकः प्रभावः संस्कृतस्य एव। एषः प्रभावः न केवलं सिंहलभाषायाम्, अपि तु द्रविडभाषासु अपि द्रष्टुं शक्यः।

साहित्यविषये प्रभावः
सिंहलसाहित्यं तु संस्कृतसाहित्यम् अनुसृत्य एवं विरचितम् अस्ति। गद्यपद्यकृतयः काव्यसिद्धान्ताः च संस्कृतकाव्यशास्त्रानुसारेण एव वर्तन्ते। न तु केवलम् अनुगमनमेवे, किन्तु अनेके संस्कृतग्रन्थाः अनुवाद रूपेणापि सिंहलभाषायां दृश्यन्ते। संस्कृतभाषया एवं विरचिताः अभिलेखाः नानाविषयकोः बहवः ग्रन्थाः चापि अत्र उपलभ्यन्ते।

अप्रतनी स्थितिः 
अद्यत्वे श्रीलङ्कायां संस्कृताध्ययनं सम्यग्रूपेण वर्तते। तत्र बौद्धविहाराश्रयेषु भारतगुरुकुलसदृशाः विद्यालयाः। सन्ति ‘पिरिवेण' इति नाम्ना विख्याताः। ते विद्यालयाः सर्वकारस्य अनुदानम् अपि लभन्ते। ते एव श्रीलङ्कायां पारम्परिकशिक्षणपाठ्यक्रमम् अनुवर्तयन्ति। तेषु संस्कृत विषयः अनिवार्यत्वेन पाठ्यते। षट्सु विश्वविद्यालयेषु संस्कृतविषयाध्ययनम् अस्ति। कस्मिंश्चित् तु बी . ए. तः पी .एच्. डी पर्यन्तम् अध्ययनं कर्तुम् अपि अवसरः अस्ति। तत्र एकं शताधिकवर्षीयं सङ्घटनम् अस्ति 'प्राचीनभाषोपकारसमागम' नामकम्। तत् सर्व कारस्य सहयोगेन तिस्रः परीक्षाः प्रतिवर्षं संयोजयति - प्राचीनप्रारम्भः, प्राचीनमध्यमः, प्राचीनावसानं चेति। यदि कश्चित् तिसृषु अपि परीक्षासु उत्तीर्णः भवति तर्हि सः ‘प्राचीनपण्डित 'नामकं बी .ए. समकक्षोपाधिं लभते। तासु परीक्षासु अपि संस्कृतसिंहलपालिभाषाः अनिवार्य रूपेण सन्ति। सम्भाषण: सन्देश त: साभार:।

भावार्थ :
श्रीलंकाको लिखित इतिहास श्रीविजय नामक राजाको समयदेखि सुरु भएको हो। त्यो पूर्व रावण सम्बन्धी विषयलाई जोडेर धेरै इतिहासका ग्रन्थहरु किंवदन्तीको रुपमा देख्न सकिन्छ। केवल रामायणमा उल्लेख भएको विषयबाट पनि मानिसहरुले रावणलाई राम्रोसँग जान्न सक्दछन्। तरपनि उनीसँग सम्बन्धित ती कथाहरुबाट हामी यो पनि बुझ्न सक्दछौं कि त्यतिबेला पनि लंकामा संस्कृत भाषाको प्रभाव थियो। रावण पनि त्रिवेदी थिए।

विजय कुमार पनि भारत देशबाट श्रीलंका पुगेका थिए। उनीसँगै उनको परिवार पनि त्यहाँ पुगेका थिए। उनीहरु परिवार नै संस्कृतमा निपूर्ण थिए। हिन्दू धर्मालम्बी उनीहरु वेदनिपूर्ण पनि थिए। यो कुरा इतिहासहरुमा लेखिएको छ। अनेक प्रकारबाट पौराणिक कालदेखि आजसम्म पनि श्रीलंकामा संस्कृत भाषाको अध्ययन अध्यापन भईरहेको छ।

किन छ त्यहाँ संस्कृत भाषाको आवश्यकता ?
संस्कृत भाषा केवल भाषा होईन। यो त संस्कृतिसँग पनि सम्बन्धित रहेको छ। श्रीलंकामा संस्कृतिसँग सम्बद्ध विषयमा भारतीय संस्कृतिको प्रभाव देखिएको छ। यदि धर्मशास्त्र साहित्य कला शास्त्र संस्कृति विषयलाई अलग अलग गरेर हेर्ने हो भने पनि त्यहाँ भारतीय संस्कृतिको प्रभाव देख्न सकिन्छ।

श्रीलंकाका केही आदिवासीहरु बाहेक अधिकांश भारतबाट गएका आप्रवासीहरु रहेक छन्। उनीहरुले आफूसँगै आफ्नो संस्कृति पनि सँगै लिएर गएकोले त्यहाँ भारतीय संस्कृतिको प्रभाव बढी परेको छ। त्यसैले शिक्षा साहित्यसंस्कृति र कलामा संस्कृतको प्रभाव देखिन्छ।

भाषामा परेको प्रभाव
संस्कृत मात्रै विश्वको यस्तो भाषा हो। जुन सधैंभरी अत्यन्त उपकारक मानिन्छ। तत्सम तद्भव र आगन्तुक गरी ३ भाषाहरु मध्ये श्रींलंकाको गद्य भाषामा ९० प्रतिशत तत्सम शब्दहरु संस्कृतबाट गएका छन्। अहिले पनि संस्कृत भाषाबाट श्रीलंकनहरुले आफ्नो भाषामा शब्दहरु सापटी लिने गरेका छन्।

श्रीलंकाका कतिपय विद्वानहरु तथा विदुषीहरुले समेत सो भाषामा संस्कृत शब्दको संख्या एकदमै धेरै रहेको दाबी गर्ने गरेका छन्। श्रीलंकामा बोलिने भाषा सिंहल भाषा हो। यो भाषामा लेखिने साहित्य पनि केवल शुद्ध सिंहल भाषामा लेखिने साहित्य र मिश्रित सिंहल भाषामा बोलिने संस्कृत। मिश्रित सिंहल भाषामा संस्कृत र पाली भाषा समेत मिसिने गरेको छ। त्यसपध्ये पनि अधिक प्रभाव संस्कृत भाषाको देखिएको छ। श्रीलंकामा सिंहलभाषाको अलावा द्रविड भाषा समेत प्रयोगमा रहेको छ। 

साहित्य विषयमा प्रभाव 
सिंहल साहित्य पनि संस्कृत साहित्यबाट प्रभावित रहेको छ। गद्यपद्यकृत काव्य सिद्धान्तहरु संस्कृत काव्य शास्त्र अनुसार मात्रै भएको देखिन्छ। केवल प्रभाव मात्रै होईन अनेकानेक संस्कृत ग्रन्थहरु पनि सिंहल भाषामा अनुवाद गर्ने गरिएको छ। संस्कृत भाषामा मात्रै लेखिएका पनि धेरै ग्रन्थहरु यो भाषामा लेखिएको छ। 

अहिलेको अवस्था 
आजको दिनमा श्रीलंकामा संस्कृत  अध्ययन राम्रोसँग चलिरहेको छ। त्यहाँ बौद्ध विहारहरुमा भारतीय गुरुकूलको जस्तो विद्यालयहरु रहेका छन्। जसलाई स्थानीय भाषामा पिरिवेण भनिन्छ। ती विद्यालयहरु सरकारको अनुदानबाट चलिरहेका छन्। उनीहरुलाई श्रीलंकामा पारम्परिक शिक्षण पाठ्यक्रम पनि पढाई हुने गरेको छ। त्यो विषय विद्यालयमा अनिवार्य गरिएको छ। 

त्यहाँ ६ वटा विश्वविद्यालयहरुमा संस्कृत अध्ययन हुने गरेको छ। कुनै कुनैमा त स्नातक र विद्यावारिधिसम्म पनि अध्ययन हुने गरेको छ। त्यहाँ एक सय भन्दा बढी वर्ष भईसकेको प्राचीनभाषोपकारसमागम नामक संस्था पनि रहेको छ। त्यसले सरकारको सहयोगमा तीनवटा परीक्षाहरु हरेक वर्ष चलाउने गरेको छ। प्राचीन आरम्भ, प्राचीन मध्यम र प्राचीन अवसान नामबाट। यदि कसैले तीनवटा परीक्षा उत्तीर्ण गर्न सक्यो भने मात्रै उसलाई प्राचीन पण्डितको उपाधि दिईन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ