भावार्थ :
श्रीलंकाको लिखित इतिहास श्रीविजय नामक राजाको समयदेखि सुरु भएको हो। त्यो पूर्व रावण सम्बन्धी विषयलाई जोडेर धेरै इतिहासका ग्रन्थहरु किंवदन्तीको रुपमा देख्न सकिन्छ। केवल रामायणमा उल्लेख भएको विषयबाट पनि मानिसहरुले रावणलाई राम्रोसँग जान्न सक्दछन्। तरपनि उनीसँग सम्बन्धित ती कथाहरुबाट हामी यो पनि बुझ्न सक्दछौं कि त्यतिबेला पनि लंकामा संस्कृत भाषाको प्रभाव थियो। रावण पनि त्रिवेदी थिए।
विजय कुमार पनि भारत देशबाट श्रीलंका पुगेका थिए। उनीसँगै उनको परिवार पनि त्यहाँ पुगेका थिए। उनीहरु परिवार नै संस्कृतमा निपूर्ण थिए। हिन्दू धर्मालम्बी उनीहरु वेदनिपूर्ण पनि थिए। यो कुरा इतिहासहरुमा लेखिएको छ। अनेक प्रकारबाट पौराणिक कालदेखि आजसम्म पनि श्रीलंकामा संस्कृत भाषाको अध्ययन अध्यापन भईरहेको छ।
किन छ त्यहाँ संस्कृत भाषाको आवश्यकता ?
संस्कृत भाषा केवल भाषा होईन। यो त संस्कृतिसँग पनि सम्बन्धित रहेको छ। श्रीलंकामा संस्कृतिसँग सम्बद्ध विषयमा भारतीय संस्कृतिको प्रभाव देखिएको छ। यदि धर्मशास्त्र साहित्य कला शास्त्र संस्कृति विषयलाई अलग अलग गरेर हेर्ने हो भने पनि त्यहाँ भारतीय संस्कृतिको प्रभाव देख्न सकिन्छ।
श्रीलंकाका केही आदिवासीहरु बाहेक अधिकांश भारतबाट गएका आप्रवासीहरु रहेक छन्। उनीहरुले आफूसँगै आफ्नो संस्कृति पनि सँगै लिएर गएकोले त्यहाँ भारतीय संस्कृतिको प्रभाव बढी परेको छ। त्यसैले शिक्षा साहित्यसंस्कृति र कलामा संस्कृतको प्रभाव देखिन्छ।
भाषामा परेको प्रभाव
संस्कृत मात्रै विश्वको यस्तो भाषा हो। जुन सधैंभरी अत्यन्त उपकारक मानिन्छ। तत्सम तद्भव र आगन्तुक गरी ३ भाषाहरु मध्ये श्रींलंकाको गद्य भाषामा ९० प्रतिशत तत्सम शब्दहरु संस्कृतबाट गएका छन्। अहिले पनि संस्कृत भाषाबाट श्रीलंकनहरुले आफ्नो भाषामा शब्दहरु सापटी लिने गरेका छन्।
श्रीलंकाका कतिपय विद्वानहरु तथा विदुषीहरुले समेत सो भाषामा संस्कृत शब्दको संख्या एकदमै धेरै रहेको दाबी गर्ने गरेका छन्। श्रीलंकामा बोलिने भाषा सिंहल भाषा हो। यो भाषामा लेखिने साहित्य पनि केवल शुद्ध सिंहल भाषामा लेखिने साहित्य र मिश्रित सिंहल भाषामा बोलिने संस्कृत। मिश्रित सिंहल भाषामा संस्कृत र पाली भाषा समेत मिसिने गरेको छ। त्यसपध्ये पनि अधिक प्रभाव संस्कृत भाषाको देखिएको छ। श्रीलंकामा सिंहलभाषाको अलावा द्रविड भाषा समेत प्रयोगमा रहेको छ।
साहित्य विषयमा प्रभाव
सिंहल साहित्य पनि संस्कृत साहित्यबाट प्रभावित रहेको छ। गद्यपद्यकृत काव्य सिद्धान्तहरु संस्कृत काव्य शास्त्र अनुसार मात्रै भएको देखिन्छ। केवल प्रभाव मात्रै होईन अनेकानेक संस्कृत ग्रन्थहरु पनि सिंहल भाषामा अनुवाद गर्ने गरिएको छ। संस्कृत भाषामा मात्रै लेखिएका पनि धेरै ग्रन्थहरु यो भाषामा लेखिएको छ।
अहिलेको अवस्था
आजको दिनमा श्रीलंकामा संस्कृत अध्ययन राम्रोसँग चलिरहेको छ। त्यहाँ बौद्ध विहारहरुमा भारतीय गुरुकूलको जस्तो विद्यालयहरु रहेका छन्। जसलाई स्थानीय भाषामा पिरिवेण भनिन्छ। ती विद्यालयहरु सरकारको अनुदानबाट चलिरहेका छन्। उनीहरुलाई श्रीलंकामा पारम्परिक शिक्षण पाठ्यक्रम पनि पढाई हुने गरेको छ। त्यो विषय विद्यालयमा अनिवार्य गरिएको छ।
त्यहाँ ६ वटा विश्वविद्यालयहरुमा संस्कृत अध्ययन हुने गरेको छ। कुनै कुनैमा त स्नातक र विद्यावारिधिसम्म पनि अध्ययन हुने गरेको छ। त्यहाँ एक सय भन्दा बढी वर्ष भईसकेको प्राचीनभाषोपकारसमागम नामक संस्था पनि रहेको छ। त्यसले सरकारको सहयोगमा तीनवटा परीक्षाहरु हरेक वर्ष चलाउने गरेको छ। प्राचीन आरम्भ, प्राचीन मध्यम र प्राचीन अवसान नामबाट। यदि कसैले तीनवटा परीक्षा उत्तीर्ण गर्न सक्यो भने मात्रै उसलाई प्राचीन पण्डितको उपाधि दिईन्छ।