arrow

नेपाल –चीनबीच बैंकिङ सूचना आदानप्रदान गर्ने सम्झौता

logo
प्रकाशित २०७२ चैत ८ सोमबार
nepal-rastra-bank.jpg.jpeg
काठमाडौँ । नेपाल र चीनबीच बैंकिङ सूचना आदानप्रदान गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपाल र चीनका बैंकको नियमन तथा सुपरीवेक्षण गर्ने निकाय चाइना बैंकिङ रेगुलेटरी कमिसन९सिआरबीका अध्यक्ष साङ फुलिङबीच द्विपक्षीय सहयोग एवम् सूचना आदानप्रदानसम्बन्धी सम्झौता भएको हो । 
 
उक्त सहमतिपछि दुवै मुलुकले एक आपसमा बैंकिङ सूचना आदानप्रदान गर्ने, आसपी सहयोग आदानप्रदान गर्ने एवम् आवश्यक परामर्शका लागि सहज वातावरण तयार पारेको राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पङ्गेनीले जानकारी दिनुभयो । 
 
नेपाल विश्व व्यापार सङ्गठन (डब्लुटिओ)को सदस्य बनेपछि सन् २०१० पछि जुनसुकै मुलुकका बैंक तथा वित्तीय संस्थाले नेपालमा शाखा खोल्न पाउने भएका थिए । सूचना आदानप्रदान तथा अन्य व्यवस्था भने नेपाल र चीनको सम्बन्धमा भने नयाँ हो । 
 
प्रवक्ता पङ्गेनीले भन्नुभयो, “बैंकको शाखा नै खोल्ने भने विषय नयाँ होइन, हामी डब्लुटिओमा प्रवेश गरेपछि नै सो व्यवस्था भएको हो ।” पछिल्लो दिनमा नेपाल र चीनबीच व्यापार अभिवृद्धि भइरहेको सन्दर्भमा चिनियाँ पक्षले शाखा खोल्ने प्रस्ताव राख्नु जायज नै रहेको उल्लेख गर्दै प्रवक्ता पङ्गेनीले त्यस खालको व्यवस्था भारतीय बैंकका हकमा समेत लागू हुनेछ । 
 
राष्ट्र बैंकले गतसाल नै चिनियाँ पक्षसँग उक्त सम्झौता गर्ने प्रस्ताव गरेको थियो । विविध कारणवश हुन नसकेको सो सम्झौताले दुई देशबीच वित्तीय क्षेत्रमा थप सहयोग आदानप्रदान गर्न मार्ग प्रशस्त गरेको छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ