arrow

सरकारले संसदको सर्वोच्चता कायम नगरेपछि राजपाद्वारा मंगलबार पनि संसदमा विरोध

logo
प्रकाशित २०७६ जेठ ७ मंगलबार
rajapa_parliament1.jpeg

काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठकमा पनि राष्ट्रिय जनता पार्टीले विरोध जनाएको छ बैठक सुरु भए लगत्तै राजपाका नेताहरुले उठेर यसको विरोध गरेका थिए । सोमबार पनि राजपाका नेताहरुले संसदमा उठेर विरोध जनाएका थिए ।  

विरोधपछि संसदमा बोल्दै राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले सरकारले विभिन्न आयोगले दिएको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै आपत्ति जनाएको छ । विगतमा समय समयमा सभामुखले गरेको रुलिङ नमानेको भन्दै उनीहरुले सरकारको विरोध जनाएको थियो । 

कुनै पनि घटनाको विषयमा सरकारले बनाएको आयोगको प्रतिवेदन सार्वजनिक नगरिनुले सरकार कर्तव्यबाट च्यूत भएको स्पष्ट हुने उनको बुझाई छ । यादवले आफूहरुको धर्यताको बाँध टुट्नु अघि नै सरकारलाई आफूहरुको माग पूरा गर्न चेतावनी दिएको छ । 

राजपाले लामो समयदेखि गिरिशचन्द्र लाल, २०६३ को नेपालगञ्जको घटनाको पनि प्रतिवेदन सार्वजनिक नभएको भन्दै यस्ता कैयौं अध्ययन प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरिएको छ । उनले सरकारले यी घटनाहरुमा बढी बल प्रयोग गरेको विवरण उल्लेख भएको हुनसक्ने भन्दै यो सार्वजनिक नभएसम्म सरकारप्रति आशंका बढिरहने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ