arrow

संचारमन्त्रीले लैजाँदैछन् संसदमा विधेयक

logo
प्रकाशित २०७६ जेठ ८ बुधबार
sanghiya-samsad.png

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेलाई डाकिएको छ । संघीय संसदको प्रतिनिधिसभा चौथो अभिवेशन अन्तर्गत बुधबार विभिन्न कार्यक्रमहरु तय भएको महासचिव मनोहरप्रसाद भट्टराईले जनाएका छन् । 

सो अन्तर्गत संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । 

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक २०७५ प्रस्ताव प्रस्तुत गर्नेछन् । 

त्यस्तै गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी समायोजन विधेयक २०७५, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयक २०७५, औद्योगिक व्यवसाय विधेयक २०७५ प्रस्ताव प्रस्तुत गर्नेछन् । 

त्यस्तै मन्त्री थममाया थापाले ज्येष्ठ नागरिक विधेयक २०७५ र अर्थमन्त्री डा युवराज खतिवडाले नागरिक लगानी कोष विधेयक २०७५ प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । 

धेरैको चासो रहेको मिडिया संचार विधेयक भने संचारमन्त्रीले अझै प्रस्तुत गर्ने छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ