arrow

विवेक ओबेरायको ट्रोलपछि ऐश्वर्याले शेयर गरिन् यस्तो तस्वीर

logo
प्रकाशित २०७६ जेठ ८ बुधबार
vivek-oberoi-aishwarya-rai-meme1.jpg

काठमाडौं। विवेक ओबेरायले केहि दिन अघि ट्विटरमा एउटा ट्रोल शेयर गरेका थिए। यसले बलिउडमा एक किसिमको हलचल पैदा भएको छ। लोकसभा एक्जिट पोलको विषयमा उनले ऐश्वर्यासँग जोडिएको एक ट्रोल शेयर गरेका थिए। उक्त ट्रोलमा ऐश्वर्या सलमान खान, विवेक ओबेराय र अभिषेक बच्चनसँग देखिएकी छिन्।

यो ट्रोल शेयर गरेसँगै विवेकमाथि प्रयोगकर्ता खनिएका थिए । प्रयोगकर्ताले विवेकले ऐश्वर्याको अपमान गरेको बताएका थिए। ऐश्वर्या विवेककी पूर्वप्रेमिका थिइन्।

सोनम कपूर र अनुपम खेरजस्ता सेलिब्रेटीले पनि विवेकको यो हर्कतलाई शर्मनाक बताएका थिए। यो मामिलामा विवेकले पनि आफ्नो प्रतिक्रिया दिएका छन्। उनले ऐश्वर्या राय, सलमान खान र आफूलाई यो पोस्टको विषयमा कुनै समस्या छैन भने सोनम कपूरलाई भएकोमा आश्चर्य व्यक्त गरेका छन्। तर, धेरै विवाद भएपछि विवेकले आफ्नो ट्वीट डिलिट गरेका थिए।

यसले ऐश्वर्यालाई चोट पुगेको हुनसक्ने अनुमान गरिएको थियो। तर, उनले शेयर गरेका पछिल्लो तस्वीरले भने विवेकको ट्वीटले उनलाई कुनै पनि किसिमको असर नगरेको देखिएको छ।

ऐश्वर्याले सुनौलो कपडामा छोरी आराध्याको साथमा खिचेको तस्वीर शेयर गरेकी छिन्। उनले शेयर गरेको तस्वीरमा दीपिका पादुकोण र अभिषेक बच्चनले पनि कमेन्ट गरेका थिए। विवेकले शेयर गरेको ट्रोलको विषयमा बच्चन परिवार र सलमान खानको तर्फबाट आधिकारिक कुनै प्रतिक्रिया आएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ