arrow

आमा बुवाको लागि सन्तानले निश्चित रकम छुट्याउनुपर्ने

logo
प्रकाशित २०७६ जेठ ८ बुधबार
old.jpg

काठमाडौं ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ज्येष्ठ नागरिकको राज्यले थप सम्मान तथा दायित्व बढाउन गर्न ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ आएको जानकारी दिएकी छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले विधेयकले आफ्ना सन्तानले आफ्ना अभिभावकप्रति थप जिम्मेवारी बढाउन जोड दिएको चर्चा गर्दै निश्चित आम्दानी गर्ने सन्तानले निश्चित रकम आफ्ना अभिभावकलाई छुट्याउनुपर्ने प्रावधान विधेयकमा रहेको बताइन्।

मन्त्री थापाले स्थानीय सरकारले ज्येष्ठ नागरिकका हितका लागि कार्यक्रम ल्याउन सक्ने प्रावधानसमेत विधेयकमा रहेको जानकारी दिइन्। बैठकले ‘ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थापाले बैठकमा सो विधेयक प्रस्तुत गरेकी थिइन् ।

विधेयकमाथिको सैद्धान्तिक पक्षको छलफलमा उमा रेग्मी, पुष्पा भुसाल, दिव्यमणिराज भण्डारी, घनश्याम खतिवडा, प्रेम सुवाल र मीना पाण्डेले भाग लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ