arrow

मोदीलाई भोट दिएको भन्दै श्रीमानले गरे श्रीमतीको हत्या

logo
प्रकाशित २०७६ जेठ ८ बुधबार
bjp-tripura-win-india1.jpg

काठमाडौं । भारतका एक व्यक्तिले लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई भोट दिएको निहुँमा श्रीमतीको हत्या गरेका छन् ।

भारतको उत्तर प्रदेशस्थित गाजीपुर जिल्लामा यो घटना भएको हो । सोमवार बिहान सैदपुर क्षेत्रका एक युवाले आफ्नी श्रीमतीको हत्या गरेका हुन् । उनी आफ्नी श्रीमतीसँग आफूलाई मनपर्ने पार्टीलाई भोट नदिएको कारण असन्तुष्ट थिए ।

श्रीमतीको हत्या गरेपछि आरोपी उक्त शवसँगै बसेका थिए । तर, मानिसको भीड जम्मा भएपछि भने उनी घर छाडेर भागेका थिए । यो मामिलामा माइती पक्षले भने दाइजोका लागि हत्या गरेको आरोप लगाएका छन् ।

माइती पक्षले यस मृतकको घर परिवारको विरुद्धमा मुद्दा दायर गरेको छ । साथै आरोपी उनका श्रीमान पनि पक्राउ परेका छन् । सिंगारपुर दलित बस्तीमा बस्दै आएका उनीहरु इशू रामकी छोरी नीलमको विवाह २०१४ जुन १९ मा रामवचनसँग भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ