arrow

साइबर आक्रमणका ह्याकरलाई दिइन्छ लाखौं डलर

logo
प्रकाशित २०७६ जेठ ८ बुधबार
cyber-crime.jpeg

काठमाडौं। साइबर आक्रमण २१ औं शताब्दीको लागि सबैभन्दा ठूलो जोखिम बन्न पुगेको छ। समग्र विश्व अहिले डिजिटल सेवामा अघि बढिरहेको अवस्थामा साइबर सुरक्षाको जोखिम पनि बढ्दै गएको छ।

यस्तोमा विश्वभर साइबर सुरक्षा बलियो बनाउनुपर्ने चुनौती थपिएको छ। तर, त्यसको ठीक विपरीत साइबर सुरक्षाको लागि आवश्यक जनशक्तिको अभाव छ। साइबर सुरक्षाका लागि काम गर्नसक्ने मान्छे निकै सीमित छन्। साइबर सुरक्षाको लागि काम गरिरहेको कम्पनी सिन्याकले अहिले ‘क्राउडसोर्स’को प्रयोग गरी यस किसिमको अभावलाई पूर्ति गर्दै आएको छ। यो सफ्टवेयरले स्वचालित रुपमा सुरक्षाको कमजोरी पत्ता लगाउँछ। 

कम्पनीले सुरक्षाको लागि साइबर आक्रमण गर्ने ह्याकरको पनि सहायता लिने गरेको छ। कम्पनीले ह्याकरहरुलाई बोलाएर आफ्नो सिस्टम ह्याक गर्न लगाउँछ र उनीहरुले कसरी सिस्टम ह्याक गर्छन् भन्ने जानकारी हासिल गर्ने गरेको छ। अहिले सिन्याक कम्पनी मेसिनको माध्यमबाट साइबर आक्रमण हुनसक्ने विषयमा नियमन गरिरहेको छ। साथै ह्याकर बोलाएर सिस्टमको परीक्षणको काम पनि गरिरहेको छ।

साइबर सुरक्षा कम्पनीका अधिकारीले साइबर आक्रमण रोक्नका लागि यस किसिमको उपाय सबै कम्पनीले प्रयोग गर्नुपर्ने बताएका छन्। विशेषगरी सरकारी निकायका लागि यो प्रभावकारी हुनेछ। सरकारी निकायहरु धेरै साइबर सुरक्षाको जोखिममा हुने हुनाले यो उपाय निकै महत्वपूर्ण हुनसक्ने बताइएको छ। सन् २०२१ सम्ममा विश्वभर साइबर सुरक्षाको क्षेत्रमा ३५ लाख मानिसको रोजगारीको लागि जनशक्ति अभाव हुनेछ।

पछिल्लो समय साइबर सुरक्षाको लागि जनशक्तिको व्यापक अभाव देखिएको छ। यस्तोमा साइबर सुरक्षाको उपाय पत्ता लागाउनु निकै कठिन रहेको सिन्याकका अधिकारीले बताएका छन्। यस्तोमा कम्पनीले बोलाउने गरेका ह्याकरको तलब भने उल्लेख्य हुने गरेको छ। यस वर्षमात्र कम्पनीले १० लाख डलरभन्दा बढी रकम ह्याकरलाई बुझाइसकेको छ। यस किसिमको सीपको निकै अभाव रहेको कारण ह्यारलाई बुझाउने रकम महँगो पर्न गएको हो।

यो दशकको शुरुमा सरकारी निकायलाई नेटवर्कको सिस्टम ह्याकरलाई तोड्नका लागि मनाउनु निकै कठिन थियो। तर, साइबर सुरक्षाको अवस्था भयानक बनेसँगै अहिले सरकारी निकाय पनि केही लचिलो बन्न पुगेका छन्। पछिल्लो समय यस किसिमको फ्रि–लाइन्सर ह्याकरको माग पनि चुलिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ