arrow

यू–१९ क्रिकेट टोलीलाई सरकारको सम्मान

logo
प्रकाशित २०७२ चैत ८ सोमबार
U-19-cricket-toli.jpg.jpeg
काठमाडौंं । बंगलादेशमा गत माघ र फागुनमा भएको आइसीसी यू–१९ विश्वकप क्रिकेटको दोस्रो चरणमा पुग्न सफल नेपाली टोली सोमबार सम्मानित भएको छ । विश्वकप टोलीका खेलाडीलाई १ लाख पुरस्कारसहति सम्मान गरियो ।
 
युवा क्रिकेट टोलीलाई सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषरमा युवा तथा खेलकुद मन्त्री सत्यनारयण मण्डल, सूचना तथा सञ्चारमन्त्री शेरधन राई, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट तथा खेलकुद मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले सम्मान गरे ।
 
सरकारले विश्वकपमा नपरको तर मलेसियामा भएको छनोट खेल खेलेका खेलाडीलाई भने जनही ५० हजार रुपैयाँ पुरस्कारबाट सम्मान गरेको छ । सरकारले सोही अवसरमा अल्ट्रा धाविका मिरा राई एकलाख रुपैयाँ र शारीरिक सुगठनकाको सातौं संस्करणको विश्व च्याम्पियनसिपमा रजत जित्न सफल खेलाडी रुजेश शाही ३५ हजार रुपैयाँ पुरस्कारबाट सम्मानित भए ।  
 
सम्मानित हुने क्रिकेट खेलाडीमा कप्तान राजु रिजाल, उपकप्तान आरिफ शेख, सन्दिप सुनार, दिपेन्द्र ऐरी, प्रेम तामाङ, सुनिल धमला, सुशील कँडेल, दिपेश श्रेष्ठ, राजविर सिंह, योगेन्द्र कार्की र ललित नारायण राजवंशी छन् । अन्य खेलाडीमा कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, सन्दिप लामीछाने, शौरव खनाल, हिमांसु दत्त, शंकर राना र ईशान पाण्डे छन् । टाेलीको मुख्य प्रशिक्षक जगत टमाटा र सहायक प्रशिक्षकमा विनोद दास छन् । सहायक प्रशिक्षक विनोद, एनालिष्ट, फिजियो र केही खेलाडीको नाम प्राविधिक कारणले गर्दा छुटेकाले पछि पुरस्कार दिईने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ