arrow

चन्द्रमामा मानिस पठाउन ११ कम्पनीको होड

logo
प्रकाशित २०७६ जेठ ८ बुधबार
blue-moon.png

काठमाडौं । अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नासाले चन्द्रमामा सन् २०२४ सम्ममा मानिस पठाउनका लागि ११ कम्पनीलाई छनोट गरेको छ । उक्त अन्तरिक्षयात्री भने महिला पनि हुनसक्ने बताइएको छ ।

नासाका अनुसार अबको ६ महीनामा एयरोस्पेस इन्जिनियरिङ्गका ११ कम्पनीमध्येबाट एक कम्पनी छनोट गरिने छ । यो मिसनमा नासाको योजना स्पेस स्टेशनको स्ट्रक्चर (क्याप्सुल) बनाउनु रहेको छ । यसले गेटवेको काम गर्नेछ । यसले चन्दमामा ल्याण्ड गराउने ठाउँ पनि खोज्नेछ ।

अबको केही वर्षमा चन्द्रमाको तल्लो कक्षमा लन्च हुने क्याप्सुल निर्माणको काम शुरु हुनेछ । नासाले चयन गरेको कम्पनीको मुख्य ध्यान यो मिशनका लागि तीन फरक किसिमको पुर्जा बनाउनु हुनेछ । यसमा क्याप्सुल पनि हुनेछ । यसबाट अन्तरिक्षयात्री चन्द्रमासम्म जानेछन् र फर्किएर आउनेछन् ।

नासाका अधिकारीले यो मिसनबाट आगामी दिनमा परम्परागत तरिकाबाट अन्तरिक्षमा मानिस पठाउने कामलाई पनि चुनौती दिन सकिने बताएका छन् । त्यसका लागि हार्डवेयरको विकास र त्यसको सञ्चालनका लागि सहकार्य गरिने बताएका छन् । नासाको टोली सकेसम्म छिटो चन्द्रमामा पुनः मानिस पठाउनका लागि उत्साहित रहेको अधिकारीले बताएका छन् ।

कम्पनीले चन्द्रमामा जाने रकेटको नमूना पनि तयार पारेका छन् । जसमध्ये एउटाको मूल्य ५ अर्ब भन्दा बढी छ । यसका लागि प्रत्येक कम्पनीले कुल लागतको कम्तीमा २० प्रतिशतको खर्च आफैंले बेहोर्नुपर्नेछ । यसबाट आगामी दिनमा चन्द्रमाको मिसनमा लगानी कम हुनेछ । यसबाट करदातालाई बोझ पनि कम हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ